थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

राष्ट्रिय समाचार समिति

कार्तिक ५, २०८३

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।

स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो ।

मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । उहाँलाई आज आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।

No data was found

संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा ६२ वर्षअघि जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहेको तर आर्थिक कारणले रोकिदैआएको अवस्थामा धार्मिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रका स्थानीय अगुवाहरूको पहलमा यसले निरन्तराता पाएको हो ।

राजा राय मल्ले नेपाल सम्बत ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोश्रो रुपमा पुज्ने गरेको इनिहास रहेको बताउँदै उहाँले अबदेखि यस परम्पराले निरन्तराता पाउने विश्वास व्यक्त गर्नुभयो ।

पमा नाइके श्यामकाजीले भन्नुभयो, “मध्यपुरथिमिमा करिब ६०-६२ वर्षपछि आज जीवित देदी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ, आज नयाँ नियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई मेरो घरमा ल्याउनु भयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सुगन दिएपछि बालकुमारी परिक्रमा गराई लायकू दरबारमा दिनभर राख्यौँ । त्यहाँ आई स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गरे । अब यसरी यो परम्परा जारी रहन्छ ।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

टीका र आशिर्वादसँगै टीका थाप्ने र गन्तव्यतिर हिँड्नेको चहलपहल बढ्यो (तस्बिरमा हेर्नुहोस्)

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

गुरु पुरोहितबाट लगाए राष्ट्रपति पौडेलले दसैंको टीका र जमरा

बडा दसैँको टीका सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति