काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लाग्नुभएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जाने हुनुभएको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्नुहुने र यो उहाँको निजी भ्रमण रहेको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0