आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

राष्ट्रिय समाचार समिति

कार्तिक ७, २०८३

काठमाडौँ। काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ ।

मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको हो ।

अहिले मन्दिरलाई सिँगारिएर चिटिक्क बनाइएको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ तथा अर्धनारेश्वरसमेत भनिन्छ ।

No data was found

परिवारमा सुख, समृद्धि प्राप्त हुनाका साथै भय, रोग र विघ्नबाट मुक्त हुने विश्वासका साथ लाग्ने मेलामा यस वर्ष करिब दुई लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

हिन्दु तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीक र बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतीकका रुपमा पूजाआजा गर्ने चलन छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घमाइलो मौसममा रमाइलो दसैँ

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

सभापति लामिछाने भारत जाँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति