गोबरग्यासको प्रयोगले धादिङमा ग्यास अभावको असर परेन

कार्तिक १६, २०७२

govergass
१६ कात्तिक, धादिङ – खाना पकाउने ग्यासको देशभरि नै हाहाकार भइरहेका बेला मध्यधादिङ साङ्कोषका स्थानीयवासीलाई भने बजारमा ग्यासको अभाव भएको अनुभूति नै भएको छैन । केही समयअघि साङ्कोष गाउँका अधिकांश घरमा गोबर ग्यासको प्लान्ट बनाएका कारण उनीहरु अहिले पनि ढुक्क छन् ।

भारतले गरेको नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि साङ्कोषको यो बस्तीको सबैजसो घरमा भएका गोबर ग्यास सञ्चालन गर्न थालिएको छ । उनीहरुले बन्द गरेको गोबर ग्यास प्लान्टलाई पनि पुनः सञ्चालनमा ल्याएको स्थानीयवासी हरि घिमिरेले बताए । यो क्षेत्रमा करिब १५० को सङ्ख्यामा गोबर ग्यास सञ्चालनमा रहेको छ ।नाकाबन्दीले गर्दा बजारमा भएको ग्यास अभावको प्रभाव शून्य रहेको र गाउँवासीलाई ग्यास अभावले कुनै समस्या नपरेको शिव सापकोटाको भनाइ छ ।

पहिले गाईबस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर ग्यास अहिले घरमा सम्पूर्ण खाना पकाउने काममा प्रयोग हुन थालेको छ । विशेष गरी सदरमुकाम डेरा गरी बस्ने र होटल व्यवसाय गरी बस्नेहरु खाना पकाउने ग्यासको अभावका कारण मर्कामा परेका छन् ।

घर भाडामा बस्दा घरवालाले कोठामा दाउराको चुलो बाल्न नदिएपछि डेरा गरी सदरमुकाममा पढ्न बसेका विद्यार्थी र कर्मचारीले समस्या झेल्दै आएको बताएका छन् ।

अहिले धादिङको सदरमुकाम आसपासका ग्रामीण क्षेत्रमा भने गोबर ग्यासको प्रयोग बढेसँगै सदरमुकामका घरहरुमा भने दाउराको प्रयोग बढेको छ । धादिङ सदरमुकामका अधिकांश नागरिकले इन्धन बचाउनका लागि पनि दाउरा र बायो ग्यासको प्रयोग गरेका छन् । गोबर ग्यास र दाउरामा खानेकुरा पकाउँदा केही समय भने बढी नै लाग्ने भए पनि खाना भने स्वादिलो हुने गाउँवासीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड