२४ कात्तिक, मलेसिया – मलेसियामा मोटरसाइकल दुर्घटनामा परि धादिङ नलाङका केदार दुवाडीको ज्यान गएको छ ।
सोमबार काम सकेर कोठामा फर्कने क्रममा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते दुवाडीलाई इपो अस्पताल लगिएको केही समयमै ज्यान गएको आफन्त बिनोद लामिछानेले जानकारी दिए ।
दुई वर्षअघि मलेसिया आएका दुवाडी म्यामरुङ हाइल्याडको कपक फर्ममा काम कार्यरत थिए । उनको श्रीमती पनि मलेसियामै कार्यरत छिन् । नेपालमा बुबा र तीन वर्षकी छोरा छन् ।