आरोग्य पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

स्वास्थ्य भन्नाले शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय पक्षसहितको समग्र सन्तुलित अवस्थालाई जनाउँछ । आधुनिक उपचार पद्दतिभन्दा पनि रोग नलाग्ने अवस्था मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा राख्न पूर्वीय सभ्यतामा आधारित आरोग्यता जरुरत हुने तथ्यलाई विश्वव्यापी रुपमा स्वीकार गर्न थालिएको छ ।

हरित निर्वाचनको नयाँ अभ्यास 

पहिले जताततै पर्चा, पम्पलेट, तुल व्यानरदेखि चर्को आवाजमा माइकिङका स्वरहरुले निर्वाचन आएको प्रष्ट थाहा हुन्थ्यो । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा मात्र नभई राजनीतिक दलका भ्रातृ सङ्गठन, पेशागत सङ्गठनदेखि सामुदायिक संस्थाहरुका निर्वाचनका प्रचारहरु पनि निकै तामझम हुने गर्दछन् । निर्वाचन आउनु महिनौँअघिदेखि नेताहरु घरघरमा आउने, चोक, केन्द्रहरुमा आमसभा गर्ने, अनावश्यक भोजभतेर गर्ने, बढीभन्दा बढी मानिस […]

पर्वतकी रानी हिउँ चितुवा संरक्षणको प्रयास 

हिउँ चितुवालाई पर्यटकीय क्रियाकलापसँग जोड्न सकिएमा यसले स्थानीय वासिन्दाको जीविकोपार्जनमा टेवा पुग्दछ । जसरी चितवनको सौराहामा एकसिङ्गे गैँडा, हात्तीलगायतका जनावर पर्यटकको आकर्षण बनेका छन्, त्यसरी नै हिउँ चितुवा हेर्न पनि पर्यटक जाने वातावरण बनाउन सकिन्छ ।