चुनावमा सहभागी हुन आतुर छन् मतदाता

शीतलप्रसाद महतो काठमाडौँ : यतिखेर मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । निर्वाचनमा सहभागी हुन मतदातामा उत्साहको वातावरण देखिएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा विकास निर्माणप्रति सर्वसाधारण नेपाली नागरिकको उत्कृष्ट अभिलाषा एवम् आकाङ्क्षाको प्रतिनिधित्व र परिपूर्ति गर्नका लागि मतदाता मतदानको व्यग्र प्रतीक्षा गरेका छन् । अर्थात् उनीहरु प्रतिनिधिसभा सदस्य चुन्न आतुर देखिएका छन् । […]
युवा निर्णायक भएको निर्वाचन

कुनै पनि मुलुकको युवाशक्ति त्यहाँको दिगो आर्थिक विकास र समृद्धिका लागि मेरुदण्ड मानिन्छ । युवा भन्नेबित्तिकै विद्यमान चुनौतीलाई सहजै बहन गर्न सक्ने आँट, जोस, जाँगर, साहस, क्षमता, धैर्यता, सिर्जनशीलता र उच्च आत्मविश्वासका साथ जिम्मेवार भएर मुलुक निर्माणका लागि योगदान दिइरहेको जनशक्तिको छवि आउँछ । जल्दोबल्दो ऊर्जा, सौर्य र शक्तिको प्रतीकका रुपमा रहेका युवा शक्तिसँग समाज […]