“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान”

नेपालमा क्षयरोग अझै पनि गम्भीर जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । हरेक बर्ष करिव ७० हजार नयाँ क्षयरोगका बिरामीहरु अनुमानित रुपमा रहेको पाइन्छ भने तीमध्ये झन्डै ४० हजार जति मात्र उपचारमा दर्ता भएका छन्, जसले धेरै बिरामी (झन्डै ३० हजार) अझै पहिचान बाहिर रहेको देखाउँछ ।