नीति तथा कार्यक्रमले खोजेको समृद्धि

आजको विश्वव्यापी प्रतिस्पर्धाको युगमा राष्ट्रको विकास केबल प्राकृतिक स्रोत वा परम्परागत आर्थिक संरचनाले मात्र सम्भव हुँदैन । ज्ञान, नवप्रवर्तन, प्रविधि, अनुसन्धान र अन्तरराष्ट्रिय नेटवर्क नै आधुनिक विकासका मुख्य आधार बनेका छन् । यस्तो अवस्थामा विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्ने सरकारको प्रयास अत्यन्त महत्वपूर्ण छ ।