स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं
गणेश हिमाल क्षेत्रको संरक्षण गर्ने भन्ने प्रदेश सरकारको सोच राम्रो छ, यसमा हाम्रो पनि समर्थन छ । तर संरक्षण गर्दा यहाँका स्थानीयको बसोबास, घाँसदाउरा, चरन, जलस्रोतको उपयोग, जडीबुटी संकलन र आयआर्जनको अधिकार जोगाइराख्ने कुरामा गाउँपालिकाको जोड छ ।