Sat. Jul 27th, 2024

संसदीय प्रजातन्त्र

ramkrishna adhikari

रामकृष्ण अधिकारी     
संसदीय प्रजातन्त्र एक जनमुखी शासन प्रणाली भएकाले आजको प्रजातान्त्रिक युगमा यसको महत्व दिनानुदिन बढ्दै गएको पाइन्छ । संसदीय शासन प्रणालीमा लोकल्याणकारी कार्य कुने भएको तथा यसको शासन व्यवस्था जनता माझबाट चुनिएर आएका जनप्रतिनिधिमार्फत हुने भएकाले संसदीय झन् झन् लोकप्रिय हुदै गएको छ । बेलायतमा संसदीय व्यवस्थाको सफलताको लामो अनुभवबाट धेरै मुलुकले यही ढाँचा र स्वरुपमा संसदीय प्रणालीलाई अपनाउन पुगेका छन् ।
नेपालमा वि.स. २००७ सालमा पहिलोपटक बहुदलिय प्रजातान्त्रिक व्यवस्थाको आधारमा संसदीय शासन व्यवस्थालाई अङ्गिकार गरिएको थियो तर २०१७ सालको पञ्चयाती व्यवस्थाको प्रार्दुभावपछि यो व्यावस्थाको  छोटो समयमै अत्न्य  भएको  थियो । करिब ३० वर्ष पछि वि.स. २०४६ सालमा भएको जनआन्दोलनको परिणाम स्वरुप नेपालमा पुन बहुदलिय प्रजातान्त्रिक शासन व्यवस्थाको प्रार्दुभाव भई कुलुकले संसदीय शासन प्रणलीलाई संविधान सम्मत रुपमा अपनाउदै आइरहेको पाइनछ । संसदिय प्रजातन्त्रको लोकप्रियतालाई तथा यसको महत्व दिनानुदिन बढ्दै जानुको श्रेय बेलायतलाई नै छ ।

 

बेलायतको संसदीय प्रणालीलाई हेर्दा त्यहाँ संसदीय र्सोच्चता पूर्ण रुपले अपानाइएको छ । त्यहाँको संसद कानुन निर्माणको क्षेत्रमा अत्यन्तै शक्तिशाली रहेको छ । बेलायतको संसदको अधिकारलाई बेलायत संसदको अधिकारलाई आकलन गर्दै यतिसम्म भन्ने गरिन्छ  कि संसदले आइमाईलाई लोग्ने मानिस र लोग्ने मानिसलाई आइमाई बनाउनु बाहेक सबै काम गर्छ ।  (parliament can do everything but make women a man and man woman)

। शासक ईश्वरले होइन जनताद्धारा निर्माण हुन्छ भन्ने उदाहरण विश्वमा छर्लङ्ग पारिदियो । त्यसैले यस क्रािन्तको बारेमा डा. मेदनी प्र. नेपाल –शर्मा) लेख्नुहुन्छ । “लोकमतको विरुद्ध राजा जान सक्दैनन्” भन्ने कुरा यस क्रान्तिले सिद्ध गरिदयो । यस क्रान्तिले जनताको चाहना विपरित कुनै शासकले शासन गर्न सक्दैनन्. भन्ने कुरा सावित गरिदियो ।
डायसीले संसदको सम्प्रभूतासम्बन्धी सिद्धान्तको व्याख्या गर्दै भन्दछन् । “कानुनी दृष्टिबाट संसदको सम्प्रभुता हाम्रो राजनितिक संस्थाको प्रबल विशेषता हो । यसको अर्थ कुनै पनि किसिमको कानुन बनाउने वा बदल्ने अधिकार र संसदद्धारा निर्मित ऐनलाई कुल्चिने र पन्छाउने अधिकार संसदलाई बाहेक अरु कुनै व्यक्ति वा संस्थालाई हुदैन ।”
संसदीय शासन प्रणालीमा सरकारका तिन अङ्गहरुलाई एक अर्काबाट पृथक राखिएको हुन्छ र कानुनको सर्वोच्चता (Superemacy of Law)    स्थापित भएको हुन्छ । एकभन्दा बढी राजनैतिक दलहरु चुनावमा भाग लिन्छन् र वयस्क मताधिकारका आधारमा जनताले सरकारको निर्वाचन गर्दछन् । स्वस्थ राजनैतिक प्रणालीको विकास हुन्छ । तथा सरकारको पक्ष वा विपक्षमा जनमत निर्माण दबाव समुहहरु तल्लिन रहन्छन् । राज्यको अन्तिम लक्ष्य लोककल्याण हुने हुदा यस व्यवस्थाको महत्व झन् बढ्दो छ ।
कुनै पनि मुलुकमा प्रतिनिधिमूलक शासन व्यवस्थाको कार्यान्वयनका लागि संसदीय शासन व्यवस्था महत्वपूर्ण भूमिका रहेको हुन्छ । आम नागरिकहरुका आधारभूत मानब अधिकार, स्वतन्त्रता, समानता, बालिग मताधिकार, आवधिक निर्वाचन प्रणाली, संवैधानिक राष्ट्र प्रमुख, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, बहुदलिय शासन प्रणालीको महत्वलाई निम्नानुसार बुँदागत
रुपमा दर्शाउन सकिन्छ –
क) संसदीय शासन प्रणालीमा संसदले कुनै पनि कानुन चाहे त्यो संवैधानिक कानुन होस् वा सामान्य कानुन एकै प्रक्रियाद्धारा संशोधन र परिवर्तन गर्न सक्ने, संवैधानिक कानुन र अन्य कानुनमा कुनै विभेद नगर्ने, संसदनिर्मित कानुनलाई अदालतकोसिद्धान्त स्वीकार गरिएको पाइन्छ ।
ख) संसदीय शासन व्यवस्थामा वयस्क मताधिकारको आधारमा प्रतिनिधिमूलक प्रजातन्त्रको स्थापना भएको हुन्छ ।
ग) राजनितिक प्रणालीपभत्र शक्तिको केन्द्रको रुपमा संसदको भूमिका, संसदप्रति कार्यकारिणीको सामुहिक उत्तरदायित्व र सरकारको रुपरेखामा प्रतिपक्षीको महत्वपूर्ण स्थान रहन्छ ।
घ) संसदीय शासन प्रणालीमा कुनै एक दलको मात्र निरङ्कुश शासन नचल्ने हँदा मन्त्रीमण्डलले वयवस्थापिकाको निर्देशनमा चल्नुपर्ने हुन्छ । तसर्थ निरङ्कुशता खतम गर्नु संसदीय वयवस्थाको आफ्नै महत्वभित्र  पर्दछ ।
ङ) अनेक राजनितिक दलहरु हुने हुँदा मतदाताहरुलाई आफ्नो इच्छाअनुसारको राजनितिक दलाई मतदान गर्ने पूर्ण स्वतन्त्रता रहन्छ ।
च) संसदीय व्यवस्थाको अर्को महत्वपूर्ण पक्ष यसको लचिनोपन र परिवर्तनशिलता पनि हो । संकटको समयमा पनि एक आपसमा राजनितिक दलहरु मिलि संयुक्त सरकारको गठन गरे्र समस्याको समाधान गर्न  सकिन्छ ।
छ) संसदीय वयवस्थामा विधायिका र कार्यपालिका बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । कार्यकारीणीको हातमा नेतृत्व (Leadership )    निजर्देशन (Direction) शक्ति (Command)  हुन्छ । भने विधायिका हातमा आलोचनात्मक शक्ति (Critism )  र परिक्षणको शस्त्र हुन्छ ।
ज) सरकारमा विभिन्न वर्ग र स्वार्थको प्रतिनिधित्व हुनु पनि संसदीय व्यवस्थाको आफ्नै किसिमको महत्व हुन आउँछ ।
झ) सरकारमा सत्तारुढ दलको आधिपत्य रहने कारणले संसदको कार्यकारिणी उपरको नियन्त्रण प्रभावकारिता भन्दा पार्टी नियन्त्रणले संर्वोच्चता प्राप्त गरेको ह ुन्छ । यही वास्तविकता अनुरुप बेलायतमा विगत वर्षको इतिहासमा सन् १९२० मा बालविन क्याविनेटलाई संसदले हटाएदेखि बमहेक संसदले अविश्वासको प्रस्तावनाद्धारा सरकार अपदस्थ भएको उदाहरण छैन ।
बेलायती संसदले केवल सरकार उपरको अप्रत्यक्ष र सिमित नियन्त्रण आलोचना र विरोत्रद्धारा मात्र गर्न सकेको छ । प्रतिनिधिमूलक प्रजातन्त्रमा संसदको भूमिका गौण हुन पुगी राजनितिक दलको परोष सर्वोच्चता कायम  रहेको कारणले संसदको प्रभावकारिता  न्यून हुदै गइरहेको वास्तविकता रहने कुरामा दुईमत छैन । सक्षम र प्रभावकारि संसदले  जनमतलाई परिचालन गरी सरकारलाई सचेत सजग गराउँदछ ।

ञ) राज्य प्रमुख नाम मात्रको  कार्यकारिणी  प्रमुख (Titular Executive gead)  रुपमा रहन्छ ।
माथिका यिनै तत्वहरुको कारणले संसदीय शासन प्रणालीको आफ्नै प्रकारको महत्व रहेको छ । विकसित वा विकासोन्मुख हरेक राष्ट्रले आफुलाई संसदीय शासन प्रणाली भित्र रहेको दावी गर्दछन् । आजको मानिस आफू स्वतन्त्र रुपमा बाँच्न चाहन्छ । यही स्वतन्त्रता संसदीय शासन प्रणाली भित्र पाइने हुँदा विश्वमा यसको महत्न दिनानुदिन बढ्दै गएको पाइन्छ

About The Author

Loading...