Thu. Mar 28th, 2024

उनको लागि प्रेम पत्र……………

आरवी गुरुङ

aarbi
खै? के मुड चल्यो त्यो वेलामा थमाई दिएँ तिम्रो हातमा प्रेम पत्र, जानी नजानी कोरेको थिए । त्यै पत्रमा तिम्लाई मनपराउँछु भन्ने कुरा, संसारकै सबै भन्दा खुसी व्यक्ति मनै भएको थिएँ होला केरे त्यो वेला, जव तिम्लाई मैले कागज रुपी भए पनि मन पराएको कुरा व्यक्त गर्न पाउँदा, भाग्यमानी पनि कम्ता ठानीन आफुले आँफैलाई….

 
आज रमाईलोसँग ताजगी वनेर आईरहेछ मष्तिस्कमा ति दिनहरु याद बनि झल्झली, तिम्रो जवाफी पत्र त मैले पाईन मलाई माया गर्छौ या घृणा गर्छाै त्यो पनि पत्तो पाको छुईन अहिले सम्म, खै के सम्झेर प्रवाह ग¥र्यौ मैले कोरेका ति शब्दहरुलाई , सप्पै सप्पैले थाहा पाएछन् क्यारा स्कुलमा भन्दै थिए, तँ मुलाले पनि यस्तो गरेको ? उस्को मान्छेले थाहा भयो भने तेरो बङगरा र करङ राम्रोसँग गन्छन्नी फेरी, खै के के सुनाउँदै पो थिए ति साथी भनौदाहरुले, वास्था लागेन दुईचार दिनत……

 
तर दिनवित्दै जादा सप्पैले गिज्याउँदै जान थाले, आफ्नै गाउँको सरको कानमा पनि पर्न गएछ त्यो कुरा भन्दै हुनुहुन्थ्यो  ?
एसएलसि विगार्लास है ठिट्टा ? ….
केही नवोली थोरै शिरलाई निउरीमुन्टी न पारी छिटो छिटो पाईला चाले घर तिर, घरमा खान वस्दा, सुत्दा, उठ्दा हिड्दा जे गर्दा पनि साथीहरुको कुराले मनमा ढ्याङग्रो पिट्न थाल्यो, के गरौ र कसो गरौ भो आकाश नै खसेको जस्तो पो लाग्न थाल्यो, राती पनि सुत्दा मुख ट्याप्प सुक्थ्यो, थोत्रो पुराना कापीले ढाकेको लोटाको पानी सासै नकाडी सक्काईदिन्थे, निन्द्रा फिटिक्कै पर्दैन, उता छेउको माटोको खाटमा सुतिरहेकी आमा विउझिँदै भन्थिन  ?

 
सन्चो भैनकि के कान्छा?
हिजो नुहाएको हैन? तेल लगाईस्त? ?
अहँ भन्ने सङकेत गर्थे,
विहान भएको पनि पत्तो पाईन त्यो रात त, घाँस काट्न गए घाँसका हरिया रङगहरुमा पनि उस्कै मुहारपो देखिन थाले….स्कूल जान पनि मन लागेन तर आमा र दिदिको कचकचले निस्किन्थे मन नहुँदा नहुँदै पनि…..

 
निस्कनत निस्कन्थे तर स्कुल नपुगी धाराखोलाको ठुलो तिदुको रुख मुनी बसेर ४ बजाईदिन्थे । सबै साथीहरु आउन थाले पछि लुरुलुरु म नि आईदिन्थे साथीको पछि पछि । मेरो दिनचर्य यसरि नै वित्ने गर्थे । साथीहरुको छेउमा प¥योकी सातोपुत्लो जान्थ्यो उस्को आमुन्ने सामुन्ने हुने त कुरै भएन । कहिल्ये एसएलीसी दिउँला जस्तै हुन्थ्यो । बल्ल तल्ल एसएलसी सकियो मनमा ढुक्कको शंङख बज्न थाल्यो । थोरै रमाईलो लाग्यो तर पनि मनमा कताकता अमिलो बनेर आउथ्यो उस्का यादहरु । अझै पनि उस्को यादमा अछुतो रही बस्न सकिराखेको छुईन ।

 
……….एक दिनभरि लगाएर उस्लाई फेसबुकमा सर्च हाने भेट्टाउन त भेट्टाए तर उस्को फोटोहरु एउटा पनि देखिन । उस्को फेसबुकका भित्ताहरु रातो गुलाबका फुल र कोरियन गर्लका फोटोहरुले भरिएको थियो । उस्को ठेगाना मेरो ठेगाना सँग मिल्ने हुँदा मैले थोरै अड्कल काटेर रिक्वोस्ट पठाए । दुईचार दिनको फरकमा मेरो रिक्वोस्ट स्वीकार गरिन् ।

 
तर आजको दिन सम्म पनि न मैले नै हाई भन्न सकेको छु न त उस्ले नै मलाई हाई भनेर बोलाकी छे । उस्का नाममा समर्पित धेर थोर स्टाटस हाल्ने गर्छु फेसबुकमा नत लाईक हान्छे उ नत कमेन्ट नै गर्छे । मनमा अनेक थरि कुराहरु खेलिरहन्छ । म सँग उनि नबोल्नुको कारण आखिर त्यसै पत्र होला नत्र किन नबोली बस्थीन त ।

About The Author

Loading...