Sat. Jul 27th, 2024

शिक्षक नियुक्तीको माग गर्दे विद्यार्थीहरुद्वारा विद्यालयमा ताला

मनिष दुवाडी
पुस ६ धादिङ  – तत्काल शिक्षक ल्याउनु पर्ने माग राख्दै धादिङको नलाङ गाउ विकास समितिमा रहेको सिद्धेश्वर उच्च माद्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन । विद्याथीहरुले विद्यालयको प्रशासनमै ताला लगाइदिएपछि २ सातादेखि विद्यालयमा दश जोड २ तहको पढाइ ठप्प भएको छ ।

 
विद्यालयमा नेपाली पढाउने शिक्षक नभएको र शिक्षक ल्याउन पटक पटक विद्यालय प्रशासन संग आग्रह गर्दा पनि विद्यालय प्रशासनले तत्परता नदेखाएको भन्दै विद्यार्थीहरु मिलेर विद्यालयमा ताला लगाएको विद्यार्थी विपिन भट्टले वताए ।

 
उनले भने, ‘गएको कार्तिक १६ गतेदेखि विद्यालयमा नेपाली पढाउने शिक्षक खाली भएको थियो, त्यो वेलादेखी नै नेपाली पढाउने शिक्षक ल्याउनुप¥यो भनेका थियौँ । तर विद्यालयले सधै आलटाल गरिरहेकाले हाम्रो पढाइ नै प्रभावित भयो । एउटा विषय चाँही सधै खाली हुने भएकाले हामीले विद्यालयको प्रशासनमै ताला लगाइदिएका हौ ।’ नया शिक्षक नियुक्ती भएर विद्यालयमा नआएसम्म ताला नखोल्ने उनले वताए । विद्यालयको प्रशासन वन्द भएपछि शिक्षकहरु पनि विद्यालय आउन छोडेको र दिवा सेवाको कक्षा पनि प्रभावित बनेको विद्यार्थीहरुले वताएका छन ।

 
विद्यालयका प्रधानाध्यापक हरी वहादुर सिलवालले भने शिक्षक नियुक्तीको प्रक्रिया लम्विएकाले पठनपाठन प्रभावित वनेको वताए । आफुले मात्रै शिक्षक राख्न नसक्ने हुदा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर शिक्षक राख्नुपर्ने भएकाले शिक्षक नियुक्तीको प्रक्रिया ढिलो भएको उनले वताए ।

 
गत कार्तिक १६ गतेदेखि नेपाली शिक्षक खाली भएकोले कार्तिक २५ गते १५ दिनको म्याद राखेर शिक्षकको खुल्ला आवेदन माग गरिएको थियो । आवेदन माग गरिएको समयभित्र ७ जनाको आवेदन परेकाले मंसिर १० गते आवेदकहरुको परीक्षा लिइएको थियो । जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरिक्षक एवं शिक्षक छनौट परीक्षा समितिका सदस्य भाष्कर गौतमले भने, ‘आवेदन दिएका शिक्षकहरुको लिखित परीक्षा लिइ हामीले नतिजा शिलवन्दी गरी विद्यालय व्यवस्थापन समितिलाइ वुझाएका छौ तर अहिलेसम्म किन शिक्षक नियुक्ती हुन सकेन त्यो विषयमा हामी अनभिज्ञ छौ ।’

 
शिक्षक छनौट समितिले आवेदन दिएका सवै शिक्षकहरुको लिखित र अन्तरवार्ता लिएर नतिजा शिलवन्दी गरी विद्यालय व्यवस्थापन समितिलाइ वुझाइसकेको छ । तर व्यवस्थापन समितिका पदाधिकारीहरुले आवेदन दिएका सवै शिक्षकहरुको कक्षा अवलोकन गर्नुपर्ने प्रावधान राखेपछि शिक्षक नियुक्तीको प्रक्रिया लम्वीएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिलवालले भने, ‘शिक्षक छनौट समितिले हामीलाइ नतिजा सिलवन्दी गरेर वुझाएको हो । तर फेरी व्यवस्थापन समितिले विषय विशेषज्ञ राखेर कक्षा अवलोकन गर्ने भनेपछि विवाद उत्पन्न भएको हो ।’ आधिकारीक रुपमा व्यवस्थापन समितिको म्याद सकिएकाले तीनपार्टी समर्थित शिक्षक संगठनका प्रतिनिधि राखेर आवेदन दिएका शिक्षकको कक्षा अवलोकन गर्नुपर्ने कुरा उठेपछि शिक्षक नियुक्ती प्रक्रिया रोकिएको सिलवालले वताए ।

 
‘शिक्षक नियुक्ती पक्रिया रोकिएपछि विद्यार्थीहरुले तालावन्दी गर्नु स्वभाभिक भएको वताउदै सिलवाले भने, वार्ता र सहमतीको आधारमा चाडै नै शिक्षक नियुक्ती गरि पठनपाठन गराउछो ।’लामो समयदेखि विद्यालय ठप्प हुदा पनि व्यवस्थापन समितिले विद्यार्थीका मागप्रति वेवास्ता गरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन ।

 

आफु अनुकुलका शिक्षक नियुक्ति नहुने देखेपछि अनेक वहाना गरेर व्यवस्थापन समितिले वखेडा झिकिरहेको विद्यार्थीहरुले आरोप लगाएका छन । शिक्षक छनौट परीक्षा समितिले सिफारिस गरेको भन्दा आफ्ना मान्छेलाइ राख्नको लागि व्यवस्थापन समितिले अनावश्यक वखेडा गरिरहेको भन्दै नेपाली विषयको शिक्षक नियुक्ती नभएसम्म विद्यालयको ताला नखोल्ने विद्यार्थीहरुले वताएका छन ।

About The Author

Loading...

अन्य समाचारहरु: