Fri. Mar 29th, 2024

माओवादी अध्यक्ष वैद्य अस्पताल भर्ना 

mohan-baidya

१५ पुस, काठमाडाैं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य विरामी भएपछि अस्पताल भर्ना गरिएको छ । दमको समस्या रहेको उनी सोमवार साँझदेखि विरामी परेपछि अस्पताल भर्ना गरिएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम दिन कार्यकर्ताहरुको प्रश्नको जवाफ दिने क्रममा लामो समय बोल्न अप्ठ्यारो महशुस गरेका वैद्यलाई साँझ पख थप समस्या देखिएपछि सोमवार साँझ ६ तिर अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा भने सुधार आएको पारिवारिक स्रोतले अनलाईनखबरलाई जानकारी दिएको छ । वैद्य विरामी भई अस्पताल भर्ना गरिएपछि राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनको कार्यक्रम समेत प्रभावित हुने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ ।

(अनलाइन खबरबाट)

About The Author

Loading...

अन्य समाचारहरु: