२१ असार, धादिङ – पशु सेवा केन्द्र मैदीको भवन निर्माणका लागी स्थानिय मोदनाथ अर्यालले जग्गा उपलब्ध गराएका छन् ।
स्वर्गिय छोरा कृष्ण अर्यालको सम्झनामा उनले मैदी २ अमराईमा रहेको जग्गा केन्द्रलाई उपलब्ध गराएका हुन् । पशु सेवा केन्द्र मैदी भाडाको घरमा संचालन भइरहेको अवश्थामा अर्यालले १० लाख बराबरको १० आना जग्गा सहयोग गरेका हुन् ।
स्वर्गिय कृष्ण अर्यालको मोटरसाइकल दुर्घटनामा परि २०६९ साल जेठ ३ गते मृत्यु भएको थियो । उनि जिल्ला अस्पताल धादिङमा अहेवको रुपमा कार्यरत थिए ।