२१ असार, धादिङ – सदरमुकाम धादिङबेशीमा मंगलबार फोटोग्राफी सम्बन्धी तालिम प्रदान गरिएको छ ।
श्रम तथा रोजगार मन्त्रालय, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र विभाग स्तरिय कार्यलय व्यवसायिक तथा सिप विकास तालिम केन्द्र गजुरी धादिङको सहयोगमा तालिम संचालन गरिएको हो ।
तालिममा फोटोको महत्व, फोटो खिच्ने तरिका, गुणस्तरिय फोटो के लाई भन्ने लगायतका विषयमा जानकारी गराइएको थियो । तालिममा उठेका विषयवस्तु माथी प्रशिक्षक दिपक कोइरालाले जानकारी गराएका थिए ।