Mon. May 12th, 2025

धादिङको वेनीघाटमा दुर्घटना, २ को मृत्यु

dhading-map_213888077-300x240२५ साउन,  धादिङ – पृथ्वीराजमार्ग अन्र्तगत धादिङको वेनीघाट -९ ,मालिङ्गामा सोमवार साँझ माईक्रोवसले मोटर साईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

काठमाण्डौं वाट मुग्लिन तर्फ जादैं गरेको बा ७३ प ८६९२ नंवरको मोटरसाईकललाई काठमाण्डौं वाट चितवन तर्फ जादैं गरेको ना ५ ख ७२७८ नंवरको माईक्रोवसले ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङजा घर भएका २४ वर्षीय सोनम केसीको घटनास्थलमा नै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि बसेका गुल्मीका २५ वर्षीय विकास अर्यालकोे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: