२५ साउन, धादिङ – प्रहरीले ४ किलो चरेसहित ३ जनालाई काटमाडौँको ढल्कुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङका उत्तम तामाङ, मकवानपुरका दिलबहादुर लामा र चितवनका बिशाल पुन रहेका छन् ।
चरेस धादिङको आदमघाटबाट बेच्नका लागि काठमाडौं लगिएको थियो । सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए ।