Sat. Jul 27th, 2024

भोटेकोसीको उत्पादन यसै साता

चौतारा

दलीय अवरोधका कारण तीन महिनदेखि ट्रान्सिमिसन लाइनको टावर निर्माण अवरुद्ध भएको ४५ मेगावाटको भोटेकोसी विद्युत् आयोजनाले यसै सातादेखि उत्पादन सुरु गर्ने भएको छ ।

स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमतिपछि तीन साताअघि सुरु भएको टावर निर्माण भने पूरा भएको छ । गत साउन १७ गते सुनकोसी पहिराले क्षति पुर्‍याएका सात वटा टावर नयाँ निर्माण गरिएको हो ।

भोटेकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिका अनुसार टावर निर्माण पूरा गरेर तार तान्न सुरु गरिएको छ । यो साताभित्रै विद्युत् प्रवाह गराउने तयारीमा छौं, उनले भने, तत्काल करिब २० मेगावाट उत्पादन हुन्छ ।

सत्तारूढ र प्रतिपक्ष एवं सभासदले संघर्ष समिति गठन गरेर गत असोज ३ गतेदेखि टावर निर्माण रोकेका थिए । टावर निर्माण रोकेर विद्युत् उत्पादन बन्द गर्दा कम्पनीले दैनिक ८६ लाख नोक्सानी बेहोर्दै आएको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाले सञ्चालित आयोजना बन्द गर्दा लगानीकर्तामा गलत सन्देश जाने भन्दै टावर निर्माण तत्काल सुरु गराउन निर्देशन दिएपछि कम्पनी र दलहरूले गत ९ गते राति सहमति गरेका थिए ।

बन्द आहान गर्दा नेपाली कांग्रेसले १० प्रतिशत र अन्य दलले ३५ प्रतिशत सेयर माग गरेका थिए । सुरुमा दलहरूले अमेरिकन लगानी रहेको आयोजनाले डलरमा विद्युत् खरिद सम्झौता ९पीपीए० गरेर प्राधिकरणलाई घाटा पुर्‍याएको आवाज उठाएका थिए ।

अहिले भने दलहरूले डलरमा सम्झौता गरेको मुद्दा थाँती राखेर सर्वसाधारणलाई सेयर दिने सर्तमा अवरोध फिर्ता लिएका हुन् । सेयर रकम कसरी बाँडफाँड गर्ने टुंगो लागेको छैन । हाल ९५ प्रतिशत लगानीको नेपालीको छ ।
(इ कान्तिपुर अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: