Sat. Jul 27th, 2024

भोटेकोसीबाट राष्ट्रिय प्रसारणमा १८ मेगावट थपियो

Bhotekoshi_Hidropower_578008844

चौतारा 

जुरेमा झरेको पहिरो र पाँच दलको अवरोधले ६ महिनादेखि अवरुद्ध ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजनाबाट बुधबारबाट व्यापारिक उत्पादन सुरु भएको छ ।

शनिबारदेखि गरिएको परीक्षण उत्पादनबाट सफलता मिलेपछि व्यापारिक उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

४५ मेगावाट क्षमताको सो आयोजनाबाट हाल नदीमा पानीको बहावमा कमी आएपछि १८ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको भोटेकोसी पावर कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले जानकारी दिए ।

साउन १७ गते सिन्धुपाल्चोकको राम्चे–५ स्थित जुरेमा गएको पहिरोले पाँचवटा टावरमा क्षति पुगेपछि उत्पादन बन्द भएको थियो ।

चारवटा टावरलाई क्षति पुर्‍याए पनि पहिरोले स्थान परिवर्तन गर्नु परेकाले करिब आठ करोडको लागतमा सातवटा टावर निर्माण गरिएको पावर कम्पनीका प्रबन्धक वविन प्रधानले बताए ।

क्षतिग्रस्त टावरलाई असोज ३ गते पुनः निर्माण कार्य सुरु गराउँदा पाँच दलले सेयरको मागका साथै टावरमा पर्ने गाविसले क्षतिपूर्तिको दाबी गर्दै अवरोध गरेका थिए ।

कांग्रेसले १० प्रतिशत तथा एमाले, एमाओवादी, राप्रपा र वैद्य माओवादीले ३५ प्रतिशत सेयर माग्दै विरोधमा उत्रिएका थिए । कम्पनी र दलबीच पाँच प्रतिशत सेयर दिने सहमति भएपछि पुस १० गतेबाट टावरको पुनःनिर्माण थालिएको थियो ।

आयोजना एक सय ७२ दिनसम्म बन्द हुँदा कम्पनीलाई दैनिक ८६ लाखका दरले सवा अर्ब रुपैयाँ घाटा भएको आयोजनाले जानकारी दिएको छ ।

रासस

About The Author

Loading...

अन्य समाचारहरु: