Sun. Apr 28th, 2024

नाइजेरियामा ७५ हजार बालबालिका भोकमरीको जोखिममा

balbalika
१ मंसिर, धादिङ –
अफ्रिकी देश नाइजेरियामा ७५ हजार बालबालिका भोकमरीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार नाइजेरियाको उत्तर पूर्वी क्षेत्रका झण्डै एक करोड ४० लाख बालबालिकालाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको हो । राष्ट्रसंघका मानवीय सहायता संयोजक पिटर लण्डबर्गले भने राष्ट्रसंघका त्यती बालबालिकाको सहायताका लागि आवश्यक पूँजी नभएकाले समस्या जटिल हुनसक्नेतर्फ सचेत गराए ।

लण्डबर्गले आफूहरुको अध्ययनबाट तत्काल कदम नचाले ७५ हजार बालबालिका आगामी केही महिनामै मृत्युको मुखमा पुग्न सक्ने चेतावनी दिए। उत्तर पूर्वी नाइजेरिया लडाकु संगठन बोको हराम प्रभावित क्षेत्र हो ।

२०७३ मंसिर १ गते पकाशित

About The Author

Loading...

अन्य समाचारहरु: