Mon. May 12th, 2025

भूकम्पपीडितले जोखिमयुक्त बस्ती छाडे जग्गा किन्न दुई लाख रुपैयाँ दिने

फाइल फोटो

bhukampa-pidit
२८ फागुन, धादिङ –

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको बैठकले उक्त रकम उपलब्ध गराउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।

जोखिमयुक्त बस्तीको पहिचान गर्न प्राधिकरणले गठन गरेको कार्यदलले करिब एक हजार पाँच सय घरधुरीलाई सुरक्षित स्थानमा सार्नका लागि रकम उपलब्ध गराउनुपर्ने सिफारिस गरेको थियो ।  सुरक्षित स्थानमा घर बनाउन चाहनेहरूले जग्गा खरिदका साथै निजी आवास निर्माणका लागि पनि अन्य लाभग्राहीसरह तीन लाख रुपियाँ पनि पाउनेछन् ।

यसैगरी बैठकले भूकम्पका कारण कम प्रभावित भनिएका १७ जिल्लामध्ये सर्वेक्षण सकिएका १४ जिल्लाका १५ हजार ७४३ जनालाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

लाभग्राहीसँग अनुदान सम्झौताका लागि प्राधिकरणका कार्यकारी सदस्य संयोजक रहेको टोलीले मङ्गलबारदेखि जिल्लामा गएर अभिमुखीकरण तालिम दिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। पोखरेलले बताए ।

बैठकले पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७३ लाई संशोधन गर्न कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ ।  समितिले गुनासो विकेन्द्रीकृत गर्नका लागि कार्यविधि संशोधन गर्नेबारे गृहकार्य गरी प्रतिवेदन पेस गर्नेछ । गोरखापत्र दैनिकबाट

२०७३ फागुन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: