Mon. May 12th, 2025

गाउँमै नागरिकता पाएपछि उत्तरी धादिङका स्थानीय खुसी

IMG_6112

सरिता श्रेष्ठ / २९ फागुन, धादिङ –

 

 

दार्खाकी चखेवती लामाङले ५३ वर्षमा नागरिकता पाएकी छन् । २ छोरा र ३ छोरीको आमा उनले गाउँमै नागरिकता लिएकी हुन् । उनले नागरिकता मात्र होइन विवाहदर्ता पनि गराएकी छन् । रो लामा र चखेवती लामाले विवाह बन्धनमा बाधिँएको ३० वर्षपछि विवाहदर्ता गराएका छन् । सानोमा माईती पक्षले नागरिकता नबनाइदिएको छ ।

विवाह गरेपछि श्रीमान विदेश गएका कारण नागरिकता लिनबाट बञ्चित थिइन् । चखेबतीले ५२ वर्षको उमेरमा नागरिकता पाउँदा खुसी छिन् । चखेवती लामा भन्छिन् – “अहिलेसम्म त हामीलाई पनि विवाहदर्ता गराउनुपर्छ भन्ने कुरा नै थाहा थिएन तर गाउँमा शिविर सञ्चालन भएपछि हामी पनि आयौँ । बिबाह गरेपछि न त नागरिकता न त विवाहदर्ता नै थियो । छोराछोरीको जन्मदर्ता समेत भएको थिएन । लामा दम्पतिले सबै सेवा एकै पटक लिएका छन् ।” बुढेसकालमा नागकिता पाउँदा, विवाहदर्ता गराउन पाउँदा खुसी छु ।

IMG_6195

सत्यदेवीका अस्मिता तामाङले ४४ वर्षमा नागरिकता पाएकी छन् । १ छोरी र ४ छोराका आमा उनीले विवाहदर्ता पनि भर्खर गराएकी छन् । गाउँमा नै सरकारी टोली पुगेपछि उनले नागरिता र विवाहदर्ता गराएका हुन् । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन । उनले अहिलेसम्म सदरमुकाम धादिङबेसी टेकेकी छैनन् । भौगोलिक विकटताका कारण सदरमुकामसम्म ओर्लने पहुँच नभएका कारण र घरायसी समस्याका कारण पनि गाउँघरमा नै सिमित भएका हुन् ।

मार्पाकका सरिता राना मगरको पनि नागरिकता र विवाहदर्ता बनेपछि औधी खुसी छन् । उनीले पनि अहिलेसम्म सदरमुकाम देखेकी छैनन् । घरकै काममा बित्छन् । नागरिकता र विवाहदर्ता गराउनुपर्छ भन्ने चाँहि थाहा थियो तर सदरमुकाममा नै जानुपर्छ रे । त्यहाँसम्म हाम्रो पहुँच छैन । गाउँमा नै सरकारी सेवा मिल्यो । एकदमै खुसी छु ।

गाउँमा नै जिल्ला प्रशासन कार्यलय धादिङको घुम्ती टोली पुगेपछि उनीजस्तै गाउँका धेरैको नागरिकता, विवाहदर्ता, अपांगता परिचयपत्र लगायतका सेवा पाएका छन् ।

उत्तरी धादिङको दार्खां, मार्पाक, सेर्तुङ, रि गाविसका  स्थानीयहरु सरकारले गाउँमै सेवासुविधा दिदाँ खुसीछन् । सदरमुकाम जानुपर्ने बाध्यता पनि टरेको स्थानीयहरु बताउँछन् ।

२०७३ फागुन २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: