Mon. May 12th, 2025

केन्द्रिय अध्यक्षको अभिव्यक्तिप्रति राप्रपा धादिङको असन्तुष्टि

raprara dhading

२ चैत,  धादिङ  –

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मनपरी ढङगले पार्टी चलाएको भन्दै राप्रपाले गरेका सम्पूर्ण कार्यक्रमहरु बहिष्कार गरेका छन् ।

एकता जिल्ला अधिवेशन भएको १ महिना नवित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व जिल्ला अध्यक्ष ज्ञान बहादुर सिंह ठकुरी र अध्यक्षका प्रत्यासी नन्द प्रसाद काप्रीले संयुक्त विज्ञप्ती जारी गरि राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पुर्ण कार्यक्रमहरु बहिस्कार गरेको जनाएका छन । उनीहरु दुवैले गत एकता जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि उम्मेद्वारी दिएर पराजित भएका थिए ।

उनीहरुले जिल्लाको नेतृत्व देखि केन्द्रिय नेतृत्वले मनपरी ढङगले पार्टी चलाएको भन्दै सम्पुर्ण कार्यकर्ताहरुलाइ पनि पार्टीको कार्यक्रम बहिस्कार गरि नेतृत्व तहलाइ सचेत बनाउन विज्ञप्ती मार्फत आग्रह गरेका छन । केही महिना अघि मात्रै ३/४ वटा पार्टीको रुपमा रहेको धादिङ राप्रपा एक भएर जिल्ला अधिवेशन भइ नया कार्यसमिति चयन भएको थियो ।

नेता नन्दप्रसाद काप्रीले भने, ‘केन्द्रमा को–को संग असुन्तुष्टी भएर पार्टी छाडे भन्ने कुरा भन्दा पनि एकता महाधिवेशनले पारित गरेको हिन्दु धर्म    र राजसस्थाको कुरालाइ लत्याउदै बर्तमान अध्यक्ष सरकारमा सहभागी भएको कुरामा नै हाम्रो आपत्ति हो । संविधान संसोधनको मार्फत हिन्दु राष्ट कायम गर्नुपर्ने बेलामा आफ्नो स्वार्थ सिद्धिको लागि नेतृत्व मनपरि ढङगले अघि बढेकोले हामीले पार्टीको कार्यक्रम बहिस्कार गर्न सम्पुर्ण कार्यकर्ताहरुलाइ आग्रह गरेका हौँ । हामीले पार्टी फुटाउन खोजेको भन्ने होइन, पार्टीभित्रै हामीले असन्तुष्टी जनाएका हौँ ।’

२०७३ चैत २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: