Mon. May 12th, 2025

म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

aaaaaaaaaaa

४ चैत्र /
म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रसियन क्लब एफसी रोस्तोभलाई १–० ले हराएसँगै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मिडफिल्डर पाउल पोग्बालाई ४७ मिनेटमा चोटका कारण गुमाएको म्यानचेष्टर युनाइटेड केही दबाबमा आएको थियो ।

पाग्बालाई गुमाएको म्यानचेष्टर युनाइटेडले गोल गर्न ७० मिनेटसम्म कुर्नु प¥यो । म्यानचेष्टर युनाइटेडको जितमा जुवान माटा नायक भए । माटाले ७० औं मिनेटमा हेनरिक माखाटार्यानले डिबक्स भित्र निकालेको पासलाई जाल्टन इब्राहिमोबिचले मिलाइदिएपछि माटाले गोल गरेका थिए ।

माटाको यो सिजनको १० औं गोल हो । माटाको गोलसँगै क्यावटरफाइन प्रवेश गरेको म्यानचेष्टर यसअघि सन १९८५ मा युरोपा लिगको पुरानो नाम युएफ कपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

About The Author

अन्य समाचारहरु: