Sat. Jul 27th, 2024

सडकदेखि सदनसम्मको यात्रा

 

सरिता श्रेष्ठ

Sarita shrestha

बदलिँदो वर्तमान परिवेशबाट धेरै महिलाहरु तरङ्गित छन् । आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक लगायतका विविध क्षेत्रमा देखिएको महिलाको उत्साहपूर्ण सहभागीताले महिलाहरु सशक्त ढङ्गले अघि बढेको कुरा दर्साउँछ । सम्र्पकको घेरा साँघुरो र सीमित मात्र हुँदै जाँदा कतिपय महिलाहरु सीर्जनशील कार्यको कल्पना गर्नबाट सधै बाहिरीन पुगेका थिए । आज यीनै अदम्य साहसले त्यो कुराको प्रमाणित गरिदिएको छ ।

महिलाहरुको अदम्य इच्छाशक्तिले जुनसुकै कामलाई पनि पार लगाउन सजिलो भएको हामी पाउँछौँ । यो कुरालाई उनीहरुले परापूर्वकाल देखि नै प्रमाणित गर्न खोजिरहेको थियो । आज विभिन्न चुनौतिहरु पार गर्दै यस्ता कुराहरुसँग लड्न सफल भएको छ । र अझै बाँकी रहेका यस्ता सामनाहरुसँग लड्न चुकेका छैनन् । घर परिवारको साँघुरो घेरामा बाँधिन पुगेकाहरु संघर्षको मैदानमा उत्रिएका छन् । समाजको हैकमवादी पर्दालाई सपनाको सुनौलो क्षितीजसँगै उघारिरहेका छन् । र आफ्नो यत्र तत्र जीवनलाई सहि बाटोको दिशामा पु¥याउन सफल छन् ।

समाजमा चल्दै आएका अस्त व्यक्त भावलाई टाढैबाट नियाल्न बाध्य यी मानसपटलमा नयाँ सिर्जनाको सुरुवातको संको दिएको आभाष गर्न सकिन्छ । घर परिवार सम्हाल्नेदेखी लिएर खेतबारीमा सिमीत महिलाहरु आज डाक्टर, पाइलट इन्जिनियर, वैज्ञानिक बन्नमा सफल छन् । सडकदेखि सदनसम्मको यात्रा समेत जारी गरिसकेको अवस्था छ । समाजवादी कुराहरुलाई तोड्दै सुन्दर कल्पनामा जीवनलाई सहि बाटोमा निर्गोलेका छन् ।

महिलाभित्र शक्तिको बास हुन्छ किनभने उनीहरु शक्तिकै अंश हुन् । महिलाको आत्मविश्वास, धैर्य र सहनशीलता जस्ता गुणले उनीहरुलाई बलवान् बनाएको छ । लोक व्यवहारमा जति काम महिलाले गरिरहेका हुन्छन् ती काम पुरुषले गर्न सकेका हुदैनन् । बाहिरी काममा पुरुषहरु अब्बल रहेपनि त्यसको दोब्बर भार महिलाहरुले लिइरहेको हुन्छन् ।

परिवर्तन भन्ने कुुरा एक व्यक्तिबाट मात्र सम्भव छैन । सयौँ हात मिलेर मात्र त्यो काम गर्न सक्छ, जुन कामले समाज परिवर्तनको संज्ञा दिन्छ । हो त्यस्तै काममा हाम्रा हातहरुलाई समाहित गर्न आतुर हुनु आजको आवश्यकता ठहरिन्छ । बोलाइमा हामी यस्ता काम गर्न जति अग्रसर छौँ त्यति नै मात्रामा गराइका हिसाबले हामी चुक्ने पनि गरेका छौँ । समाजमा केही मात्रमा छेकवारका कुराहरु अझै बाँकी नभएका होइनन तर पनि यी सारा कुराहरुलाई टाढा राख्दै आफ्नो काममा सामना गर्ने फूर्ति जगाउनु पर्छ ।

कस्सिएको डोरी फुकाउन जति गाह्रो हुन्छ त्यति नै समाजमा रहेका अनेकौँ वाधा वन्धनबाट छुटकारा पाउन गाह्रो हुन्छ । अहिले त्यो कस्सिएको डोरी खुकुलो बनाउन सफल भएका छन् । सामाजिक संरचना र संस्कृतिले उभ्याएको पुरुष प्रधान मानसकितााई तोड्न सफल भएको छ । पुरुषको निजी सम्पती र दोस्रो दर्जाको नागरिकबाट कहिले पनि पार लाग्न नसकेको त्यो जीवनमा नयाँ उमङगको भत्ती भएको छ । घर परिवारको साँघुरो फन्दामा सधैँ रुमलिएको त्यो जीवनमा नयाँ उत्साह थप्न आँट आएको छ ।

कहिले काही आफैलाई महान् ठान्न मन लाग्छ त कहिले महिला भएर जन्मनु नै गलत गरे की जस्तो अनुभूति लाग्छ । यस्ता विचारहरु जिवान्तर भर कति उब्जे कति हार गुहारले भएन, गुपचुपमा मात्र सिमित रही रहे । बाहिर उठिरहेका आवाजहरु सुन्छु केही ठिकै लाग्छ केही गलत गरे जस्तै पनि लाग्छ । एकले मात्र होइन दुई मात्राले नर भन्दा मारी भारी छन् । यो भनाई नियाल्दा ठिकै लाग्छ । समाजमा निर्वाह गर्नुपर्ने आमा, बुहारी, छोरी, भाउजू, नन्द जस्ता भूमिकालाई नारीलाई ढाल्नुपर्छ ।

आफू जून रंग, रुप, आकार लिएर जन्मिएको छ त्यसलाई मनैदेखि स्वीकार गर्नुपर्छ अर्थात नारी भएकोमा गर्व गर्नुपर्छ । संसारको चक्र महिलाहरुकै आधार पाएर टिकेको छ । नारी यी हुन् जसले सुन्दर समाजको निमार्ण गर्दछ । सपनालाई मूर्त रुप दिएर उनी यही धर्तीलाई सिच्छिन् । घर संसारमै जीवनको साँचो सुख लुकेको हुन्छ भन्ने कुरा मनन गर्दै नारीले स्वंयमाथि गौरवको महसुस गर्नुपर्छ ।

महिलाहरुले कमाएको यस्ता विविध अद्भुतीहरुले देशलाई जीवन्त राख्न मद्धत दिलाउन्छ । आफूले लिएको जिम्मेबारी बोधलाई सहि मार्गमा पु¥याउन सके ऐतिहासिक रुपमा आफूलाई सबल रुपमा उभ्याउन सक्नेछन् । यस्तो दुरगामी प्रभावबाट भाबी पुस्ता पनि लाभान्वित हुने अड्कल गर्न सकिन्छ । महिला नेतृत्वको विकासमा तगारो बनेको मूल कुरा नेतृत्व तहमा पर्याप्त महिाल नहुनु हो । व्यापार, व्यवसाय, संघसंस्था संचालन आफूबाट नै सुरुवात गरे नेतृत्व तहमा महिलाको नै हात हुने थियो ।

एक दुई जनाले भन्दैमा सदियौ देखी चलेको पुरुषहरुको बाधात्मक परिस्थितिलाई हामीले हटाउन सक्दैनौ तर पनि एक, दुई दिन जुट्दै जाँदा अधिकार प्राप्तिका लागि लडिरहदा एक न एक दिन अवश्य सफतलालाई प्राप्त गर्न सक्ने कुरामा दुइमत छैनन । महिला प्रतिको अहमता र स्वार्थलाई सम्मान गर्दै जुट्न सक्यौ भने अवश्य नै महिला प्रतिको आवाज सार्थक रहनेछ । होइन भने देखावटी कागजमा मात्र सिमीत रहनेछ ।

समाजमा रहेका नकारात्मक भावहरुले अब सिङगो संसार नै उनीहरुको अगाडि नतमस्तक हुने दिन आउन धेरै टाढा छैन । यथापी महिलाहरुले पनि आफूलाई आएको समस्यासँग चुक्नु हुदैन । काम गर्दै जाँदा समस्या उब्जन सक्ने यथार्थलाई पनि कहिल्यै भुल्नु हुदैन । र आफ्नो स्थानलाई कहिल्यै गुमाउन दिनु हुदैन । अनि मात्र महिलाहरुले खोजेको कामको उचित मूल्याङकन हुनेछ ।

About The Author

Loading...