

स्लो पोइजन
म जन्मदै नजन्मि
मेरो लिङ्ग परिक्षण
गर्दैगर्दा,
मेरो कुन चाहि अंगको
कुन चाहि भाग देख्यौ ?
डा.साुप,
तिमिले मेरो जुन चाहि अंग देख्दा,
त्यही अंग लिएर जुन झै चम्किएकी
तिम्री आमालाई किन देखेनौ ?
तिमीले मेरो जुन चाहि अंग देख्दा,
हर रात त्यही अंगमा रैंदालो गर्ने
रतिछ्यानकि अबोध सतिसावित्री
पत्नीलाई किन सम्झेनौरुरु
मेरो जुन चाहि अंग देख्दा,
बाबाले बजारमा किनिदिएको
एउटा चुइङ्गमको
आधा भाग आफू खाई
आधा भाग तिमिलाई ल्याइदिने
तिम्री दिदिको मायालु मुहार
किन पढेनौ ?
अनि…
मेरो जुन चाहि अंग देख्दा,
भर्खरै तिम्रो गोडामा
घुगुती खेलेर दगुर्दै गरेकी
तिम्री छोरीको छवि
किन नियालेनौ !
डा.साप,
तिमीले मेरो कुन चाहि अंग देख्दा,
मेरी आमा गर्भवती नभएर
गर्भ क्षति गर्न पुगिन !!
भगवान ,
एउटा सवाल तिमीलाई
तिमी कैले गर्भवती हुन्छौ ??
उदयपुर, हाल काडमाडौँ
२०७४ माघ २१ गते प्रकाशित