प्रणिका कोयु
कोही मरे वास्ता हुन्न
कोही मरे वास्तै-वास्ता
आँशु सबैको, सबै किसिमको बग्छ
आँशु पिडाको
आँशु मायाको
आँशु रिसको
आँशु डर र लाजको
तिम्रो लागि कसले-कसरी-कहाँ-किन बगे
तिमीले थाहा पाउन्नौ – आहा कति राम्रो !
कोही मरे सिधै घाटमा
कोही मरे गाडिन्छन वनमा
कोही मरे कुनै प्राँगणमा
अनि तिमी त्यहाँ तातो चोकमा
धेरै कोकोहोलो तिम्रो मरणमा
तिमी छाइरह्यौ समाचार र भित्ताभरी
अनि आज त्यो चोकमा
पग्लिंदै जाँदैछ तिम्रो चिसो कफन
कहाँ-कहिले-कसरी-कसले उचाल्नेछ तिमीलाई
र भन्नेछ जान दिउँ नानीलाई शान्तिसँगू
म यति टाढाबाट क्षणक्षण तिम्रो कुरा सुन्दैछु
तर सुन्ने छैनन कसैले मैले भनेको
जान दिउँ नानीलाई शान्तिसँग
अनि लडौं हामी त्यो पशु र त्यसको रक्षकुसँग
सेतोपाटीबाट