Mon. May 12th, 2025

दुध उत्पादनमा किसानको आकर्षण

२३ चैत,धादिङ

आधुनिक पशुपालन व्यवसायले धादिङका किसानहरु दुग्ध उत्पादनमा लागि परेका छन् । आफुले उत्पादन गरेको दुधको मुल्य राम्रो पाएपछि किसानहरुको दुग्ध व्यवसायमा आकर्षण बढेको छ ।

घरायसी प्रयोजनको दुधका लागी मात्र एक दुई ओटा गाई भैसी पाल्ने किसानहरुले अहिले पाँचदेखी दश ओटासम्म गाई भैसीहरु पाल्न थालेका छन् ।
निलकण्ठ १२ की गंगा लम्सालले ५ वटा गाई पालेकी छिन् । उनको लागि आम्दानीको स्रोत गाई बनेको छ । उनी दैनिक रुपमा ४० देखी ५० लिटर सम्म गाईको दुध बेच्ने गर्दछिन् । गाईपालन संगसंगै कृषि उत्पादनमा समेत उनले जोड दिएकी छिन् । गाईको मलबाट उत्पादन भएको तरकारीको बजार पनि राम्रै छ उनले बताईन् ।

जिल्लाका अधिकांश ठाउँहरुमा अहिले व्यवसायिक रुपमा नै दुग्ध उत्पादनका लागी पशु पालन गर्न थालिएको छ । किसानहरुले उत्पादन गरेका दुग्धजन्य बस्तुहरु लिनका लागी गाँउमा नै सहकारीहरु जान थाले पछि धादिङमा पशुपालन गर्ने किसनाहरु उत्साहित छन् । स्थानिय संरचना अनुसार सहकारीहरु आफ्नै गाँउपालिकामा आएको छ विकासका ढोकाहरुरु खुल्ने आशामा छौ, सिद्धलेक ४ का धनबहादुर सिलवालले बताए ।

जिल्लालाई दुधमा अत्मनिर्भर बनाउनका लागी जिल्ला पशुसेवा कार्यालय धादिङले किसान लक्षित विशेष कार्यक्रमहरु लागु गरेको जनाएको छ । किसानहरुको आर्थिक उन्नतीको लागि कृषि बिकास कार्यालयले पनि विभिन्न किसिमका घाँसका बिरुवाहरु सहयोग गरेको छ ।

यसैगरी जिल्लामा भएका कृषि सहकारीहरुले भने श्रोत सम्पन्न बनाउनका लागी किसानहरुलाई समुहगत रुपमा ऋण लगानी गर्दै आएको जनाएको छ । ग्रामिण क्षेत्रका किसानहरुको आर्थिक समृद्धिका लागी सहयोग पुग्ने सहकारीको विश्वास रहेको छ ।

धादिङका धेरै स्थानहरुमा अहिले सहकारी मार्फत पशु पालन गर्न थालीएको छ । यसरी ब्यवसाय गर्दा उत्पादित बस्तुहरु बिक्रीका लागी सहज हुने भए पनि दुधको मुल्य भने त्यति नभएका कारण सोचे जस्तो आम्दानी नभएको किसानहरु बताउछन् । जिल्लामा अहिले बार्षीक ३३ हजार मेट्रिक टन दुध उत्पादन हुने गरेको छ ।

२०७४ चैत २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: