Sat. Jul 27th, 2024

तामाकोसी विवाद अन्त्य

tamakoshi_20150330091131

दोलखा –  मजदुर हडतालले १८ दिनसम्म अवरोध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य सोमबारको सहमतिपछि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ९काउन० अध्यक्ष रोशन खडकाले एमालेका मजदुरसँग मात्र एकतर्फी ढंगले गरिएको निर्णय बदर गराई सबै संगठनको सहभागितामा सहमति गर्ने निर्णय भएपछि मजदुर काममा फर्किएको जानकारी दिए ।

एमाले समर्थित जिफन्ट आबद्ध बिजुली, पेन्टर तथा मजदुर युनियन ९क्युपेक० सँग मात्र वार्ता गरेर सहमति गरेको भन्दै कांग्रेस, माओवादी, वैद्य माओवादी र विप्लव समर्थित मजदुरहरूले आयोजनाको काममा अवरोध थालेका थिए । क्युपेकसँग हडतालको १३ औं दिनमा सहमति भए पनि अरू खेमाका मजदुरले गरेको अवरोधले १८ दिनसम्म बाँधस्थल र सुरुङको काममा अवरोध जारी थियो । बाँकी ठाउँमा भने सिनो हाइड्रोअन्तर्गतका मजदुर र नेपाली मजदुरले काम थालेका थिए ।
इकान्तिपुर अनलाइनबाट

 

About The Author

Loading...

अन्य समाचारहरु: