
८ साउन, धादिङ –
अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा धादिङवेशीमा पनि नागरिक समाजले सिठि जुलुसको निकालेका छन् ।
केसीका सवै मागहरु नेपाली जनताकै हितमा रहेकाले सरकारले ल्याएको प्रतिस्थापन विधेयक फिर्ता लिदै माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पास गराइ
केसीका मागहरु सम्वाधेन गर्न आग्रह स्वरुप ¥यालीको आयोजना गरिएको नागरिक समाजका अगुवा टंक कुमार श्रेष्ठले जानकारी दिए ।
विभिन्न पेशामा आवद्ध पेशाकर्मी, बुद्धिजिवि, स्थानीय बासी र नागरिक समाजका अगुवाहरुको सहभागीतामा निकालिएको ¥यालीका सहभागीहरुले सिठि फुक्दै बजार परिक्रमा गरेका थिए ।
सरकार केसीका मागप्रति उदासिन बन्दै कान नसुन्ने मान्छेको जस्तो ब्यवहार देखाइरहेकाले सरकारको ध्यानाकर्षण गराउन सिठि जुलुस निकालेको श्रेठल बताए ।
¥यालीका सहभागीहरुले गोविन्द केसीका माग पुरा गर, विरामीको ब्यापार गर्न पाइदैन, माथेमा प्रतिवेदन लागु गर जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।
धादिङवेशीको पुछारबजारबाट सुरु भएको सिठी जुलुस बजारको विभिन्न भाग परिक्रमा गर्दै वीचबजार क्याम्पस चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
केसीको समर्थनमा माग पुरा गराउनको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन धादिङका नागरिक समाजले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र समेत बुझाएका थिए ।
२०७५ साउन ८ गते प्रकाशित