रस्मी भण्डारी (गोमा)
मन परेको मान्छेलाई पाउनुपर्छ भन्ने छैन
तर पनि उस्लाई टाढा बनाउनुपर्छ भन्ने छैन
सिन्दुर पोते जस्को लायो त्यो त एउटा बन्धन हो
उसैसँग जिन्दगीभर रमाउनुपर्छ भन्ने छैन
जस्लाई मैले चोखो माया गरिसकेँ अब फेरि
एक कुनामा राख्नुपर्छ हटाउनुपर्छ भन्ने छैन
मानिस आफ्नो स्वार्थ मात्र पुरा गर्न खोज्छन्
आफु हाँसी पराईलाई रुवाउनुपर्छ भन्ने छैन
आत्मा देखि देउता भन्ने मान्याछैन भने देखि
देखाएर फुल अक्षता चढाउनुपर्छ भन्ने छैन