Sat. Jul 27th, 2024

धादिङबेसी सहलगानी खानेपानी आयोजनाको शिलान्यास

धादिङ– नीलकण्ठ नगरपालिका–३ मा धादिङबेसी सहलगानी खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । सोमबार एक समारोह नै गरेर नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले आयोजनाको शिलान्यास गरेका छन् ।

नगरवासीलाई शुद्ध पिउने पानी प्रदान गर्न योजनाबद्ध ढंगले अगाडि बढेको मेयर ढुंगानाले बताए । तोकिएकै समयमा आयोजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । प्राविधिक र उपभोक्ता समितिलाई सहजीकरण र गुणस्तर कायममा अनुगमन गर्न समेत आग्रह गरे । नगरपालिकालाई समृद्ध बनाउन ठूला आयोजनाहरु ल्याउने प्रक्रियामा रहेको पनि उनले जानकारी दिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र नीलकण्ठ नगरपालिकाको संयुक्त लगानी २९ करोड ४० लाख ३० रुपैँयाको लागतमा ५ हजार १ सय ६४ धारा समेत निर्माण हुने नगरपालिकाले जनाएको छ । आयोजनाबाट नीलकण्ठ नगरपालिका वडा नं २, ३, ४ र १२ का २५ हजार ६ सय २८ उपभोक्ता लाभान्वित हुने छन् । सगुन कन्सट्रक्सन बुटवलले २०८१ जेठ १२ भित्रमा सक्ने गरी आयोजनाको ठेक्का पाएको नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: