
धादिङ– नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सुगमटोलको शेराहा कान्लास्थित सुगम क्रियापुत्री भवन आसपासमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय धादिङको विरुवा सहयोगमा वृक्षारोपण गरिएको हो ।
धुपी, निमारो, तेजपात, निम, कफी, कल्की फुल, रुख कटहर, अम्वा, चाँपका विरुवाहरु लगाईको छ । वेल, हाडे ओखर, कपुर, विभिन्न जातका फुलहरु स्थानीय टोलवासीहरु आफैले ल्याई लगाएको स्थानीय राजकुमार श्रेष्ठले बताए ।
वृक्षारोपण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, विभिन्न्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधीहरु, टोल विकास संस्था महासंघका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, सुगमटोल सुधार समितिका सल्लाहाकार एवं टोलवासी सदस्यहरु सहभागी थिए ।

