Mon. Oct 14th, 2024

विद्यार्थी राजनीति किन !

विवेक अर्याल –

bibiek

शिक्षा राज्यको अभिन्न अंग हो । शिक्षाको मुख्य काम देशका नागरिकहरुलाई प्रशिक्षण गर्नु वा शिक्षित बनाउनु हो । अशिक्षित मानिसको जीवन अन्धकारमय हुने भएकोले मानवीय जीवनमा शिक्षाको अतुलनीय महत्व रहेको हुन्छ । शिक्षा विनाको जीवन अपुरो, अधुरो, अप्ठ्यारो हुन्छ । औपचारिक रुपमा होस अथवा अनौपचारिक रुपमा शिक्षा मानवीय जीवनमा अनिवार्य बनाएकोमा दुई मत छैन । विद्यमान शोषण प्रधान समाजमा भएको अन्याय, अत्याचार, समान्ति पु“जीवादी कुरीति तथा कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, सामन्ती तथा पु“वीवादी शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा शिक्षाको महत्व रहेको छ । जीवनलाई सरल, सुखि, उपयोगी बनाउन शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ । हाम्रो समाज वर्ग विभाजित समाज हो । यहा“ हुदा“ खाने र हुने खानेहरु विचको संघर्ष नै मुख्य संघर्ष हो । निश्चित रुपमा शिक्षा पनि हाम्रो समाजमा दुई प्रकारको छ । हुदा“ खाने र हुने खानेहरुको विचमा शिक्षा प्राप्त गर्ने सवालमा गहिरो खाडल रहेको छ ।

समाजलाई रुपान्तरण गर्न, सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि र सबै प्रकारका अन्याय, अत्याचार, शोषण्, दमन, कुसंस्कार तथा कुरीतिको अन्त्य गर्नको लागि आधारभुत रुपमा चाहिने भनेको शिक्षा नै हो । त्यसप्रकारको शोषणको अन्त्यको लागि शिक्षा राजनीतिस“ग जोडिनु पर्दछ । वास्तवमा भन्ने हो भन शिक्षा र राजनीतिविचको अन्तरसम्बन्ध र अन्तरनिर्भरता अन्योन्याश्रित रहेको हुन्छ । हाम्रो समाज वुर्जुवा प्रकारको समाज हो । यो समाजमा विद्यार्थीहरुले राजनीति गर्नु हुदैंन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर वास्तविकता यो हो कि राजनीति विद्याथीहरुले नै गर्नु पर्दछ किनकी समाज रुपान्तरणका वाहक शक्ति भनेका राजनीतिक चेतनाले लैस भएको युवा विद्यार्थीहरु नै हुन । शिक्षामा समानता, स्वतन्त्रता,आधुनिकता तथा व्यवहारीक जस्ता कुरा केवल कागजमा मात्र सिमित छन । शिक्षा हुने खानेहरुको मात्र पेवा बन्दै गैइरहेको छ । विद्यमान शिक्षा प्रणाली केवल वेरोजगार उत्पादन गर्ने क्षेत्रको रुपमा विकास भएको छ । दक्ष जनशक्तिको निर्माण गर्नु पर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसं“ग असम्वन्धित रहेको छ । सामन्ती संरचनामा आधारीत यो वुर्जुवा शिक्षाबाट युवाहरु विदेशिन बाध्य भएका छन । शिक्षाले श्रमलाई सम्मान गर्न सिकाउनुको सट्टा घृणा गर्न उत्प्रेरित गरेको छ ।

१७/१८ औं शताव्दीको कोरा काल्पनिक घटनाहरुको मिश्रित पाठ्क्रमलाई समावेश गरेर निर्माण गरिएको उत्पादन प्रणालीस“ग पूर्ण रुपमा असम्बन्धित वर्तमान शिक्ष् प्राप्त गरेर सर्टि्फिकेट पाउनु वाहेक अर्को उपलव्धी छैन । यसो हुनुको मुख्य कारण वर्तमान शिक्षा सामन्ती संरचनामा अडिएको छ र राजनीतिस“ग पनि जोडिएको छैन । जव सम्म राष्ट्रका नागरिकहरु राजनीतिक चेतनाले लैस हुदैनन् तव सम्म यसप्रकारका समस्याहरु रहिरहन्छन । त्यसकारण विद्यार्थी जीवनलाई समाज रुपान्तरणको लागि प्रयोग गर्दै विद्यमान समान्ती संरचना भित्रको वुर्जुवा शिक्षालाई नष्ट गर्दै उत्पादन प्रणालीस“ग जोडिएको, मानीसको दैनकि जिवन पद्दतीस“ग मेल खाने वैज्ञानीक तथा व्यवहारीक शिक्षा आजको अनिवार्य आवश्यकता हो । सभ्य समाजको निर्माण गर्ने कार्य वास्तवमा युवा विवद्याथीहरुले नै गर्नु पर्दछ । युवा विद्याथीहरुलाई राजनीतिबाट अलग गर्न खोज्ने वुर्जुवाहरुलाई प्रगतिशिल क्रान्तिकारी राजनीतिले नै पराजित गर्न सकिन्छ । सामन्ती वुर्जुवा समाजमा युवा विद्यार्थीहरुले राजनीति गर्नु हुदैन भन्ने सोच छ त्यो भ्रम मात्र हो । समाज परिवर्तन गर्ने तागत र क्षमता युवाहरुस“ग भएकोले युवा विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्ष्ँण तथा अध्यन अनिवार्य हुन्छ ।

हाम्रो जस्तो अर्ध औपनीवेशिक तथा अर्ध सामन्ति समाजमा युवा विद्यार्थीहरुले राजनैतिक चेतनाले लैस भएर मिलिटेन्ट तथा अनुशाशित रुपमा राजनैतिक संघर्षम भाग लिनु, प्रगतिशिल आन्दोलनलाई उचाईमा पुर्याउनु, गलत चिजको भण्डाफोर गर्नु, मानवीय जीवनको सुनौले व्यवस्था साम्यवादी समाजको स्थापनाकोलागि संघर्ष गर्नु, पुजिवादी तथा सामन्तवादी शोषणको जालोलाई उखेलेर फाल्नु हामी युवा विद्यार्थीहरुको अनिवार्य कार्य हो । विद्यार्थी जीवनमा औपचारिक रुपमा विद्यालयहरुमा गएर सिक्नु मात्र प्रयाप्त छैन । मानिसले सबै भन्दा बढी ज्ञान आफ्नो जीवनको अनुभवबाट सिकेको हुन्छ । जुन सुकै शिक्षा आर्जन गरे पनी विद्यार्थी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने त्यो जीवन अधुरो, अपुरो रहनेमा शंका रहन्न । यसरी राजनीति र शिक्षा एक अर्का सग जोडिएका सवालहरु हुन । औपचारिक शिक्षाको आफ्नै ठाउमा महत्व हुन्छ तर पाठ्क्रम र विद्यालयको चौघेरोलाई मात्र हामीले शिक्षा प्रप्तिको स्रोत मान्यौ भने हामीले असल शिक्षा प्रप्त गर्न सक्दैनौ ।त्यसकारण हामीले औपचारिक शिक्षा सगसगै अनौपचारिक शिक्षाको अध्यन अनिवार्य गर्नु पर्दछ । समाजमा घट्ने घतनाहरु के कसरी घट्दछन, समाज रुपान्तरणको बाटो के हो, वर्तमान समान्ती समाजको अन्त्य के कसरी हुन्छ, मानव समाजको सबैं भन्दा उत्तम शाशन व्यवस्था साम्यवादी समाजमा पुग्नको लागि हामी युवा पिद्यार्थीहरुले के गर्नु पर्दछ, समाजमा हुने अन्याय अत्याचार, शोषण दमनलाई अन्त्य गर्नको लागी हाम्रो भुमिका के हुन्छ त्यस प्रकारको ज्ञानको लागि हामीले अनिवार्य रुपमा प्रगतिशिल साहित्य तथा विचारको अध्यन गर्न अनिवार्य छ ।

समाज रुपान्तरणको वाधक भनेको विद्यमान सामन्ति संरचनामा आधारित वुर्जुवा शिक्षा नै हो । वुर्जुवा शिक्षालेदेशको विकास निर्माण पनि हुन सक्दैन । यो शिक्षाले हुने खानेको पक्षपोशण मात्र गर्दछ । तसर्थ समाजको अग्रगामी रुपान्तरणको लागि वुर्जुवा शिक्षाको अनिवार्य नष्ट गरिनु पर्दछ र जनवादी शिक्षा (जुन वैज्ञानीक र व्यवहारीक हुन्छ) को स्थपना गरिनु पर्दछ । जनमुखी शिक्षा विना मानवीय जीवन सरल, सुखी र उपयोगी हुन सक्दैन । जनवादी शिक्षा जनतामुखी, उत्पादनमुखी हुन्छ । वर्तमान शिक्षा प्रणालीको अन्त्यको लागि उच्च प्रकारको लामो क्रान्तिकारी संघर्षको आवश्यकता छ । अहिले देशमा नाफाखोर निजी शिक्षण संस्थाहरुलाई सरकारले प्रोत्साहन गरेको छ । शिक्षामा निजिकरण र व्यापारीकरणले गर्दा शिक्षा किनवेचको वस्तुमा रुपान्तरण भएको छ । शिक्षा सवैको अधिकार हो भन्ने मुल्य र मान्यताका विरुद्ध शिक्षा पैसा कमाउने साधनको रुपमा विकास भएको छ । देशमा खोलिएका निजी शिक्षण संस्थाले चर्को शुल्क शहित शिक्षाको टेण्डर आव्हन गरेर शिक्षामा गहिरो प्रकारको वर्ग विभाजनको रेखा कोरीरहेको छन । सरकारी विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा सरकारको प्रयाप्त मात्रमा ध्यान गएको छैन । शिक्षा निराशावादी, अव्यवहारीक तथा चेतना शुन्य जस्तै छ । आज शिक्षा क्षेत्रमा जुन प्रकारका समस्याहरु देखिएका छन ति समस्याहरुको समाधान समयमा नै गरिएन भने भावी पुस्तको भविष्य पनि अन्धाकारमा नै रोमलिने छ ।

अहिलेको सचेत युवा विद्यार्थीहरु विद्यमान समस्याहरु प्रति आखा चिम्लनु कदापी पनी सहि हुने छैन । समन्ती संरचनामा अडिएको वर्तमान वुर्जुवा शिक्षा प्रणालीको अन्त्य गर्न सक्यौ भने नेपाल र नेपालीको भविष्य पनि उज्जवल हुने छ । त्यसकारण यि सबै प्रकारको समस्याहरुको समाधानको लागि सबै भन्दा पहिला युवा विद्यार्थीहरु नै राजनीतिक चेतनाले लैस हुनु पर्दछ । वुर्जुवा शिक्षा व्यक्तिवादी हुने भएकोले यो शिक्षाले मानिसलाई देश र समाज प्रति जिम्मेवार बनाउन भन्दा पनी व्यक्तिगत स्वार्थ तिर नै आकर्षण गर्दछ त्यो समान्ति तथा पुजीवादी व्यवस्थाको विशेषता नै हो । समाजमा देखिने विभिन्न प्रकारका व्यक्तिगत स्वार्थहरुलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्नु पनी युवा विद्यार्थीहरुको ऐतिहासिक कार्यभार हो । विद्यालय तथा क्याम्पसहरुमा अध्यन गर्ने विद्यार्थीहरु राजनीतिक रुपमा सचेतm नभएकोले नै उनीहरु समाज र राष्ट्र भन्दा पनी व्यक्तिगत स्वार्थ तिर नै केन्द्रित हुन्छन ।

त्यसप्रकारको शुन्य चेतनालाई अन्त्य गर्न राजनीतिक शिक्षाको महत्व हुन्छ । सम्पूर्ण विद्यार्थीहरुलाई समाज रुपान्तरणमा आर्कषण गरेर वा राजनीतिक चेतनाले लैस गराउदै संगठित गरेर नै हामीले विद्यमान सामन्ती संरचानामा अडिएको वुर्जुवा शिक्षाको अन्त्य गर्न सक्नेछौ । हाम्रो क्रियाकलाप तथा योजनाहरु वुर्जुवा शिक्षाको अन्त्यमा नै केन्द्रित गर्नु पर्दछ । राजनीतिबाट भाग्न खोज्ने, राजनीतिलाई घृणा गर्ने चलन पनी विद्यार्थीहरुमा रहेको छ । विद्यार्थीहरुसग राजनीतिक चेतनाको अभाव भएकोले नै उनीहरुले त्यसप्रकारको विचारहरु प्रकट गर्ने गर्दछन । तर वास्तवमा राजनीति नै सबै समाधानको एक मात्र विकल्प हो र राजनैतिक समस्याको समाधान विना अरु कुनै पनि समस्याको समाधान हुन सक्दैन ।

लेखक : अनेरास्ववियु जिल्ला कमिटी धादिङका सह -सचिव हुन्  । 

About The Author