
काठमाडौं – सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ ।
बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलले असुरक्षित ठानिएका अस्पतालमा ६ देखि ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने निर्णय भएको जानकारी गराएका हुन् ।