Sat. Jul 27th, 2024

बरु सात दिन सात रात भोको बस्छु, जनतालाई अन्यायमा पर्न दिन्न: रामनाथ अधिकारी

धादिङ– प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले आफु भोको बसेर पनि आम जनतालाई अन्यायमा पर्न नदिने बताएका छन् ।

कांग्रेसकै एक पक्षले बहिष्कार गरेको नेपाली कांग्रेस कादिङको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अधिकारीले जनताको लागि हिड्दा सात दिन सात रात खान नपाएपनि जनतामाथी अन्याय हुन नदिने बताएका हुन् ।

‘कुनै पनि जनता अन्यायमा नपरुन्, मर्कामा नपरुन् । कुनै पनि जनतालाई मैले अन्याय गर्न नपरोस्’, अधिकारीले भने–‘चाहे सात दिन सात रात खान नपाइयोस् । तर मैले अन्याय गर्न नपरोस् त्यो अन्याय भनेको म आफुले आफैलाई गरेको ठहर्नेछ । त्यसैले जनताको न्याय सदैव शीरमा राख्दै यहाँसम्म आएको छु ।’

जीवनको ४० वर्ष राजनीतिमा समर्पित गरेर जनताकै सेवामा लडिरहेको बताउँदै अधिकारीले पार्टीभित्र देखिएको समस्याले नेताहरुको हैसियत गिर्दै गएको उल्लेख गरे ।

शनिबार आयोजित जिल्ला सम्मेलन शेर बहादुर देउवा पक्षका नेताहरुले बहिष्कार गरेका थिए । विधान सम्मत नभएको भन्दै नेता दिलमान पाख्रिन, रमेश धमला, भिमप्रसाद ढुंगानासहित देउवा पक्षका नेताहरु सम्मेलनमा सहभागी भएनन् ।

पार्टीको आन्तरिक जीवनमा गर्नुपर्ने काम वर्तमान कार्यसमितिले नगरेको भन्दै सम्मेलनमा सहभागी नहुने घोषणा गरेका थिए । प्रतिनिधिहरुलाई पनि कार्यक्रममा सहभागी नहुन देउवा पक्षका नेताहरुले ह्वीप जारी गरेका थिए ।

केन्द्रमा देखिएको आन्तरिक द्वन्द्वको असर देखिएको र निकट भविश्यमा कांग्रेसभित्र चिरा पर्ने शंकेत देखिएको जानकारहरुले प्रतिकृया दिएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: