Sat. Jul 27th, 2024

धादिङका किसानहरुलाई धान भित्र्याउन चटारो

रिता कुमारी मगर (चिनो सारु)

धादिङ –धादिङका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । धान काट्ने, बिटा लगाउने र भित्र्याउने काममा उनीहरु व्यस्त छन् ।
‘धान काट्न थालियो । कहिले धान घर पु¥याउने चिन्ता छ । बादल खेलिरहेको छ । कति खेर पानी पर्छ भन्न सकिन्न’ नीलकण्ठ नगरपालिका–१२ कि लक्ष्मी श्रेष्ठ भन्छिन्– ‘असारमा मानो रोपेर मुरी फलाउने र भित्र्याउने समय हो । छ महिनाको मेहनत छ । तर काटेको धान पानीले भिजायो भने त क्षणभरमै नाश हुन्छ । त्यहि भएर धान कति फल्यो भन्दा पनि फलेको धानलाई राम्रोसँग कसरी भित्र्याउने चिन्ता बढेको छ ।’
नीलकण्ठ नगरपलिका–३ का अर्का किसान शिबनाथ रिजाल भन्छन् –‘४ रोपनी ४ आना जग्गामा किरिब १२ मुरी धान उत्पादन गरेको रिजालको अनुभव छ । आफुले मिहनेत गरेअनुसारको धान भित्र्याउन पाउदा खुसी भएको बताउछन् । उनले भने–‘पहिलेको तुलनामा भन्दा यस बर्ष धान घटेको उनले बताएका छन् । रासायनिक मल मिलाएर प्रयोग नगर्दा धान ढल्ने, बिउ मर्ने जस्ता समस्या हुने गरेको छ । बेलामा मल नपाउदा किसानहरु समस्यमा परिरहेको रिजालले भने । उनको खेतमा मनभोग धान लगाउछन् । जुन लोकल हो । खाना पकाउदा बास्ना आउने धान अहिले बास्ना कम आउछ । जुन रासायनिक मलको बढि प्रयोग हो ।


नीलकण्ठ नगरपालिका –३ का अर्का किसान युवराज रिजाल भन्छन्–‘किसानहरुलाई आफुले गरेको खेतीको माया हुन्छ । जति खेती गरेपनि मेहनत गरेअनुसार फाईदा छैन’ । रासायनिक मल भन्दा पनि गोबर मल प्रयोग गरेको उनको भनाई छ । रिजालले १८ क्षेत्रफलमा करिव ४५ देखि ५० मुरीसम्म धान फलाएको उनको भनाई छ । रिजालले फाईदाको लागि भन्दा पनि आम्दानिको स्रोतको लागि गरेको रिजालले बताए ।
किसानहरुलाई न भोक छ नत तिर्खा ! मात्र आफ्नो परिश्रम गरेअनुसारको फल पाउन हतार भईरहेका छन् । नीलकण्ठ नगरपलिका–८ विर्तावेसीमा यस धानको उत्पादन राम्रो देखिन्छ । फाटँ भरीनै मनभोग धान लगाएका छन् । त्यहाँका किसानहरु धान भित्र्याउन उत्साहित छन् ।


विर्तावेसीकि कान्छी माया श्रेष्ठ भन्छिन् –‘मेरो खेत छैन म अरुको अदिय गरेको छु ।अदिया गरेर ३ बाली भित्र्यायो । अघिल्लो बर्षहरुमा भन्दा यो बर्ष फलेको श्रेष्ठले भनिन् । जति फलेपनि मिहनेत गरे अनुसार किसानहरुलाई कहिले नाफा नहुने उनले बताईन् ।

किसानले समयमा मल र बीउविजन पाउन नसक्दा खेती गरे अनुसारको उब्जनी लिन सकिरहेका छैनन् । यसतर्फ सरकारले चासो दिन सके खेती गरे अनुसार उब्जनी हुने उनीहरुको भनाई छ ।

About The Author

Loading...

अन्य समाचारहरु: