Sat. Jul 27th, 2024

हाम्रो पार्टीलाई समाप्त पार्ने माइकलाल जन्मिएको छैन:अध्यक्ष नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई समाप्त पार्ने कोसिस भइरहेको बताएका छन्।

केन्द्रीय परिषद्को सोमबारको बैठकमा उनले पार्टी गठन गर्दा वैधानिकता दिन सकिन्छ कि सकिँदैन भन्नेमा निश्चिन्त हुन नसेकको अवस्थाबाट अघि बढेको सुनाए । उनले पार्टीलाई समाप्त पार्ने माइकलाल धर्तीमा नजन्मिएको पनि जिकिर गरे ।

“होसियारपूर्वक ती कदम नचालेको भए हाम्रो पार्टीलाई सडकमा फालिदिने थिए । अहिले पनि कोसिस भइरहेको छ, यो पार्टीको अस्तित्वलाई समाप्त पारिदिने,” उनले भने, “तर, यस धर्तीमा समाप्त पार्ने कुनै माइकलाल जन्मिएको छैन ।”

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको पनि बताए । लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द बनाउनुपर्ने उनको भनाइ छ ।

About The Author

Loading...

अन्य समाचारहरु: