Sat. Jul 27th, 2024

शिवरात्रिका नजिकिसँगै पशुपतिमा साधुसन्त आउनेक्रम बढ्यो

काठमाण्डौ – महाशिवरात्रि पर्व नजिकिसँगै पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम बढेको छ । भारतबाट आएका र आउने साधुसन्तलाई आजदेखि पशुपति क्षेत्रमा औपचारिक रुपमा प्रवेश गराउन थालिएको छ ।

यसवर्ष पशुपतिनाथमा तीन हजारभन्दा धेरै साधुसन्त आउने अनुमान छ । उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ ।

त्यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारलाई सजावट गरिएको छ । भोलिदेखि पशुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइने छ ।

पर्सि फागुन २५ गते महाशिवरात्रि पर्व मनाइँदैछ । पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा आजदेखि पाँच दिन सम्म माछामासु, जाँडरक्सी र अरु नशालु पदार्थ बेच्न र खान निषेध गरिएको छ ।

आउँदो फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपासमा कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन गर्न नपाउने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरवण अधिकारी बताए ।

आजदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: