Sat. Jul 27th, 2024

प्रहरीले राप्रपा नेता श्रेष्ठमाथि हातपात गर्ने समूह खोज्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान गर्दै छ ।श्रेष्ठमाथि आइतबार पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा सहभागी भएका बेला हातपात गरिएको थियो ।

सो घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान थालेको छ । घटनाबारे नेता श्रेष्ठले निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए । घटनामा संलग्नको खोजी गरिरहेको उनले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: