Sun. May 19th, 2024

सहकारी समस्या समाधान गर्न कानुन बनाउने सरकारको निर्णय

काठमाडौं – सरकारले सहकारीहरुमा देखिएको समस्या समाधानका लागि तत्काल आवश्यक कानुन बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीको समस्या छिटो समाधान गर्न विद्यमान कानुनबाट नहुने निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने, ‘सामान्य, नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्नुपर्ने देखिएको छ, सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्रयाकबाट ल्याउनुपर्ने छ ।’

देशका ठूला शहरमा रहेका धेरै सहकारीहरुले वचतकर्ताबाट उठाएको वचत फिर्ता गर्न सकेका छैनन् ।

About The Author

Loading...

अन्य समाचारहरु: