म्यानचेस्टर विजयी

मंसिर २९, २०७१

manchester_20141215090653

 

लन्डन  – म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा आइतबार लिभरपुललाई ३-० ले हराएको छ ।

म्यानचेस्टरका लागि वायन रोनीले खेलको १२ औं मिनेटमा पहिलो गोल गरे । अरू गोल जुआन माटाले ४० औं मिनेट र  रोविन भान पर्सीले ७१ औं मिनेटमा हाने ।

यसअघि शनिबार रातिको खेलमा आर्सनलले इमिरेट्समा न्युकासलको चुनौती ४-१ ले समाप्त पार्‍यो । जितले टिमका लामो समयका व्यवस्थापक आर्सन बेन्गरमाथिको दबाब कम भएको छ । पछिल्लो साता स्टोक सिटीसँग पराजित हुँदा उनीमाथि चर्को आलोचना भएको थियो । न्युकासलमाथि भने ओलिभर गिरोड र सान्टी काजोर्लाले दुईरदुई गोल गरे ।

अन्य खेलमा लिग अंक तालिकाको शीर्षस्थानमा रहेको चेल्सीले हल सिटीलाई २-० ले हरायो । दोस्रोमा रहेको म्यानचेस्टर सिटीले भने लेस्टर सिटीलाई १-० ले पराजित गर्‍यो । यस्तै बर्नलीले साउथह्याम्पटन र वेस्ट ब्रुमले एस्टन भिल्लालाई समान १-० ले हराए । क्रिस्टल प्यालेस र स्टोक तथा सन्डरल्यान्ड र वेस्ट ह्यामले समान १-१ को बराबरी खेले ।

स्पेन

म्याड्रिड- बार्सिलोनाको ला लिगा जित्ने अभियानमा शनिबार अर्को धक्का लागेको छ । उसले गेटाफेसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । यसले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको दूरीले चार अंक छोएको छ । पूरा खेल अवधिमा बार्सिलोनाले दबाब सिर्जना गरे पनि गेटाफे गोलरक्षक भिन्सेन्ट गुएटाको चुनौती तोड्न सकेन ।

बराबरी वास्तवै खराब नतिजा हो । तर यसमा निराश हुनु आवश्यक छैन, हाम्रोसामु अगाडि बढ्नुबाहेक अरू विकल्प छैन, बार्सिलोनाका कप्तान ज्याभी हर्नान्डेजले भने । भ्यालेन्सियाले रायो भाल्कानोलाई ३-० ले हरायो र चौथो स्थान नजिक पुग्यो । कोरडोबा र लेभान्टेबीचको अर्को खेल पनि गोलरहित बराबरीमा टुंगियो ।

इटाली

मिलान- इटालीको सिरी एु को शीर्षस्थानमा रहेको युभेन्ट्सले आइतबार साम्पडोरियासँग १-१ को बराबरी खेल्यो । युभेन्ट्सको ३६ अंक भएको छ । यसअघि लाजियोले एटलान्टालाई ३-० ले हरायो र तेस्रो स्थानमा रह्यो । उसको २६ अंक छ । समान अंकमा जेनोआ चौथोमा छ । बराबरीले साम्पडोरियाको पनि २६ अंक पुगेको छ ।
(इ कान्तिपुर अनलाइनबाट )

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

यो पनि पढ्नुहोस