दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ: प्रधानमन्त्री शाह

राष्ट्रिय समाचार समिति

मंसिर ६, २०८३

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सवका रूपमा रहेको यस प्रतियोगिताले खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
“प्रिय कर्णाली, घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदैछ । कर्णालीले पहिलोपटक यति ठूलो खेलकुद ‘महाकुम्भ’को आयोजना गर्दैछ । त्यसैले तपाईंहरू नागरिकस्तरबाटै यस खेलकुदलाई साथ समर्थन गर्नु हुनेछ भन्ने अपेक्षा छ । जय कर्णाली १ जय खेलकुद १ जय जय नेपाल १”, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौ वटा मात्र संस्करण आयोजना हुनु दुस्खद् पक्ष भएको जनाउँदै उहाँले अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भिरतापूर्वक काम गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले उक्त प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
दसौँ संस्करणको उक्त प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेल मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन् । प्रधानमन्त्री शाहले प्रतियोगितामा राष्ट्रियस्तरका आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनुहुने जनाउनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

धादिङमा बेलिब्रिज र पक्की पुल निर्माणको जिम्मा संघीय सरकारको : गगन थापा

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति