‘अधुरै भो भोट हाल्ने सपना’

बैशाख ३०, २०७४

tamang-dampati

सरिता श्रेष्ठ / ३० बैशाख,  धादिङ –

जस्ताले छाएको अस्थायी टहरा । एक छेउमा चुलो नजिकै सुत्ने बिस्तारा, कहिले असिना पानी त कहिले चर्को घामको राप । यो ब्लेकजोन तामाङ र थाम्राङ तामाङ दम्पतिको बासस्थान हो । जहाँतही चुनावी माहोल तालिएपनि यो टहरामा कत्ति चुनाव लागेको छैन । किनकी तीन दिनको पैदल हिँडेर गाउँ जाने आँट यो दम्पत्तिमा छैन ।

 गाडी जान खर्च छैन । हिडेर मात्रै पुग्न सकिदैन । गाउँको घरमा खानेबस्ने व्यवस्था पनि छैन । ब्लेकजोनले भने ‘बुढाबुढी भएपछि कसैले वास्ता पनि गर्देन रहेछ ।’ श्रीमान– श्रीमती नै ७० वर्ष लागे । तातो रापमा बस्नुपरेको पीडा त छदैछ तर बिरामी हुँदा सिटामोल दिने मान्छे छैन । निकै कष्टपूर्ण जीवन उनीहरुको बसाई ।

    दुई वर्षअघि भूकम्पले गाउँ नै बस्न नहुने बनाइदिएपछि धादिङ सदरमुकाम नजिकै दामगाडेमा शिविर बनाएर बसिरहेका ब्लेकजोनले अघिल्ला निर्वाचनहरुमा भोट हालेका थिए । यसपालि पनि भोट हाल्ने धोको छ । तामाङ दम्पत्ति भन्छिन् ‘भोट हाल्छु भनेर सपना देख्नु मात्रै भयो ।’

 भोट माग्नका लागि नेताहरु शिविरमा नै आएका थिए । गाउँसम्म जाने व्यवस्था पनि मिलाइदिन्छु भनेका थिए । ‘मलाई जस्ले लाने ल्याउने गर्छ एक भोट उसैलाई भोट दिन्थे’ ब्लेकजोनले चिन्ता व्यक्त गरे । उत्तरी धादिङको साविकको रि गाविस घर भएका उनलाई गाउँको सेरोफेरो पनि नियाल्ने मन छ ।

 खनियावास गाउँपालिकाका कान्छीमाया तामाङ पनि भोट हाल्न गाउँमा नजाने भएकी छन् । श्रीमा यार्सा टिप्नका लागि मनाङ गएका छन् । उनी बालबच्चा सहित धादिङबेसीको भूकम्प पीडित दामगाडे बस्तीमा बसिरहेका छन् । उनलाई भोट हाल्ने तीब्र इच्छा छ । तर यसपाली त्यो अवसर गुमाइन् । कान्छीमाया भन्छिन् – ‘मतदान गर्ने रहर थियो, बालबच्चाहरु छन्, उनीहरुलाई पकाएर खुवाउनु प¥यो, फेरि एक्लै जान सक्दिन, विश्वासिला जनताले जितोस्, गाउँको चाडैनै विकास होस् यही कामना गर्दछु ।’

लापाका छिरीङ तामाङको मतदाता नामावलीमा नाम छैन । उनी पछुतो मान्दै भन्छिन् ‘नामावलीमा नाम छैन, भोट हाल्ने अवसरबाट बञ्चित भइयो ।’  केही मतदाता भने बालबच्चा र बृद्धबृद्धा छोडे हिड्न नसकेकै बारण भोट हाल्नबाट बञ्चित भएका छन् ।

२०७४ बैशाख ३० गते प्रकाशित

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस