संयोजक र स्वयंसेवकलाई अनुशिक्षण व्यवस्थापन तालिम

फागुन २९, २०७१

sahakari-logo
धादिङ – नयाँ सहकारी स्थापना गरेर संचालनको तयारीमा रहेका साना किसान कृषि सहकारी सस्थाका संयोजक र स्वयंसेवकहरुका लागि बिहीबारबाट धादिङबेसीमा अनुशिक्षण व्यवस्थापन तालिम सुरु भएको छ ।

नयाँ स्थापना हुन लागेका सहकारीहरुका कर्मचारीहरुलाई काम गर्न सजिलो बनाउने उद्देश्यले संचालक र स्वयंसेवकहरुलाई साना किसान कृषि सहकारी संचालनका लागि आवश्यक प्रकृया र विधिहरुका बारेमा जानकारी गराउन तालिम आयोजना गरिएको हो । तालिममा साना किसान विकास बैकका अध्यक्ष एवं् नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठकले विषयबस्तुका बारेमा सहभागीहरुलाई छलफल गराउनु भएको छ । दक्ष कर्मचारी विना सस्था चल्न नसक्ने भएकाले संचालनको तयारीमा रहेका सहकारीका कर्मचारीलाई नै तालिम दिइएको नेपाल कृषि सहकारी केन्द्रिय संघका महाप्रबन्धक रुद्र भट्टराइले बताउनुभयो ।

बिहीबारबाट तीन दिनसम्म संचालन हुने तालिममा धादिङ, ललितपुर र काभ्रे जिल्लाबाट सहभागी छन् । तालिममा धादिङको रि, लापा, तिप्लिङ, सत्यदेवी, मुलपानी र किरान्चोक गाविसमा संचालनको तयारीमा रहेका साना किसान कृषि सहकारीहरुको संयोजक र स्वयंसेवकहरुको सहभागिता रहेको साना किसान कृषि सहकारी संघ धादिङका प्रबन्धक श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस