हिमपहिरोले गोरखाको वीरेन्द्रताल फुट्यो

चैत २६, २०७१

birendra tal

गोरखा – सामागाउँमा रहेको वीरेन्द्रताल बिस्फोट हुँदा लार्केपास जाने पुल भत्किएको छ। बिहीबार बिहान आएको हिमपहिरोले ताल बिस्फोट भएको हो।

ताल बिफोट हुँदा सोही ताललाई मुहान बनाएर बग्ने घ्याबो खोलाको पुल र पानीघट्ट पनि बगाएको स्थानीय तुलमान गुरुङले बताउनुभयो।

सामागाउँ र साम्दो जोड्ने पुल भत्किएपछि मनास्लु क्षेत्रमा जाने पर्यटक समस्यामा परेका वीरबहादुर लामाले बताउनुभयो।

बिहान मनास्लु बेसक्याम्पमा पर्वतारोही पुर्‍याएर हेलिकोप्टर फर्कने बित्तिकै हिमपहिरो गएर वीरेन्द्र ताल पुरिएको उहाँले बताउनुभयो। हिमपहिरोको बाफ गाउँसम्म फैलिएर सामागाउँका बासिन्दा समेत प्रभावित भएका छन्। उहाँले भन्नुभयो, हिमपहिरोबाट करिब पाँच सय मिटर टाढासम्म बाफ आउने रहेछ।

यस्तै मतदाता परिचय पत्र बनाउने क्रममा सामागाउँ पुगेका कर्मचारी रामबाबु ढकालले भन्नुभयो, बिस्फोट भएको तालको बाफले हामी त निसास्सियौं।

हिमपहिरो गए पनि बेसक्याम्पका पर्वतारोही भने सकुशल रहेका छन्। हिम पहिरोबाट पुगेको क्षतिको बारेमा बुझ्न सामागाउँ चौकीका प्रहरीहरु त्यसतर्फ गएको ढकालले बताउनुभयो।
अन्नपूर्ण अनलाइनबाट

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

प्रविधिको विकाससँगै पिपलटारको तरकारी उत्पादनमा दोब्बर

महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

भारतीय नागरिक पक्राउ

यो पनि पढ्नुहोस