उत्तरी धादिङमा एक पोका नुनको ६० रुपैया

बैशाख ४, २०७२

रामकुमार थापा

nepal_newsaayo-noon४ बैशाख, धादिङ – उत्तरी धादिङका झार्लाङ, तिप्लिङ र सेर्तुङ गाउँ विकास समितिका स्थानीयहरुलाई नुनको जोहो गर्न कठिन भएको छ ।

उत्तरी धादिङको तिप्लिङ गाउँ विकास समितिका स्थानीयले अहिले पनि एक पोका नुनलाई ६० रुपैया तिरेर खान बाध्य छन् । धादिङबेसीबाट ३ दिनको पैदलयात्राबाट पुग्न सकिने तिप्लिङका स्थानीयहरु सरकारले अनुदानमा वितरण गरेको आयोडिन नुन चर्को मुल्य तिरेर उपभोग गरिरहेका छन् ।

No data was found

बजारमा २० रुपैँयाामा पाईने नुन उत्तरी धादिङको तिप्लिङ गाउँ विकास समितिमा भने ५५ देखी ६० रुपौया सम्म पर्ने गरेको छ । धादिङबेसीबाट सामान लैजादा निकै महंगो पर्ने भएको कारण दैनिक उपभोग्य सामानको मुल्य बढेको झार्लाङ गाउँ विकास समितिका सुन बहादुर बिकले बताउनुभयो ।

धादिङबेसीबाट डुन्डुर खोला सम्म गाडीमा सामान लगेर त्याहाँबाट खच्चरमा सामान गाउँ लैजादा ढुवानी महंगो भएको हो । खच्चडले एक किलो ग्राम सामान बोकेर तिप्लिङ पुगेको २० रुपैँया सम्म लिने गरेको छ । दैनिक जिवनमा अति आवश्यक पर्ने नुनको मुल्य महंगो हुँदा न्युन आर्थिक अवस्थामा भएकोहरुलाई निकै समस्या भएको तिप्लिङका प्रेम बहादुर तामाङले बताउनुभयो ।
बजारमा पाईने मुल्य भन्दा बढी ढुवानी खर्च लाग्ने गरेको स्थानीय देउवा तामाङले बताउनुभयो । सडक मार्गले अहिले पनि छुन नसकेकोको झार्लाङ, तिप्लिङ र सेर्तुङका स्थानीयहरु चर्को मुल्य तिरेर दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

यो पनि पढ्नुहोस