
१४ भाद्र, धादिङ –
दोहोरी गीत त्यो पनि लाइभ (प्रत्यक्ष) गाउन जो कोहीले सक्दैन तर धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ की ११ बर्षिय बालिकाले सवैलाइ अचम्म पार्दै प्रत्यक्ष दोहोरी गीत गाएकी छिन् ।
नीलकण्ठ नगरपालिकाको वडा नं १२ पशुपती माद्यमिक विद्यालयमा अध्ययनरत ७ बालिका कमला घिमिरेले प्रत्यक्ष दोहोरी गीत गाएर सवैलाइ आश्चर्य चकित बनाइदिएकी हुन् ।
स्थानीय प्रगतीशील आमा समुहले आयोजना गरेको तीज गीत प्रतियोगीताको निर्णायक बन्न पुगेका लोकदोहोरी गायक अमृत सापकोटासंग दोहोरी गाएकी घिमिरेको गीत सुनेर कार्यक्रममा सहभागी भएका सवै अचम्मित भएका थिए ।
बालिकासंग दोहोरी खेलेका सापकोटालाइ गीतमा उत्तर दिन हम्मे हम्मे परेको थियो । दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो रहेको छ ।
कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुने खालको र यसअघि पनि थुपै कार्यक्रमहरुमा सहभागी भएर सवैलाइ अचम्मित तुल्याउदै पुरस्कार समेत जितिसकेकी घिमिरे परिवारले जनाएको छ ।