नेपाली युवाले जिते बेलायतको ‘दि रे क्रक अवार्ड’

जेष्ठ २७, २०७२

भक्तपुर – भक्तपुरका एक नेपाली युवकले अन्तर्राष्ट्रिय फास्टफुड चेन म्याकडोनाल्ड्सको ‘दि रे क्रक अवार्ड’ ९म्यानेजर अफ दि इयर २०१५० पाएका छन्।

भक्तपुरको दत्तात्रय घर भई छ वर्षदेखि बेलायतमा पढ्दै आएका २५ वर्षीय प्रमेशराज गिरीले म्याकडोनाल्ड्स युरोप भरका एक हजार ४०० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

बेलायतमा रेस्टुराँको व्यापार वृद्धिका लागि गरेको योगदानका आधारमा म्याकडोनाल्ड्सले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस वर्ष नेपाली युवाले जितेका हुन् ।

यसै साता चेक गणतन्त्रको राजधानी प्रागस्थित कोरिनथिया होटलमा आयोजित सम्मान कार्यक्रममा गिरीलाई सो अवार्ड प्रदान गरिएको बेलायतबाट गिरीले बताए।

अमेरिकी फ्रेन्चाइज कम्पनी म्याकडोनाल्ड्सका संस्थापक रे क्रकको नाममा स्थापना गरिएको सो अवार्ड पाएपछि गिरीले भने, ‘बेलायतमा अध्ययनसँगै रोजगारीका लागि सङ्घर्ष पनि धेरै हुन्छ, मेरो सङ्घर्ष र इमान्दारिताको कदर बेलायतमा भएको छ, यसले नेपालको नाम अझ उच्च भएको छ।’ रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारीमा विद्युत् प्राधिकरण

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

ट्राफिक कारबाहीमा चार लाख ७९ हजार राजस्व सङ्कलन

आजको मौसम पूर्वानुमान स्  पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर 

धादिङबेसी साङ्कोष जोड्ने थोपलखोलाको पुल अझै अलपत्र

यो पनि पढ्नुहोस