नेपाली युवाले जिते बेलायतको ‘दि रे क्रक अवार्ड’

जेष्ठ २७, २०७२

भक्तपुर – भक्तपुरका एक नेपाली युवकले अन्तर्राष्ट्रिय फास्टफुड चेन म्याकडोनाल्ड्सको ‘दि रे क्रक अवार्ड’ ९म्यानेजर अफ दि इयर २०१५० पाएका छन्।

भक्तपुरको दत्तात्रय घर भई छ वर्षदेखि बेलायतमा पढ्दै आएका २५ वर्षीय प्रमेशराज गिरीले म्याकडोनाल्ड्स युरोप भरका एक हजार ४०० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

बेलायतमा रेस्टुराँको व्यापार वृद्धिका लागि गरेको योगदानका आधारमा म्याकडोनाल्ड्सले हरेक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस वर्ष नेपाली युवाले जितेका हुन् ।

यसै साता चेक गणतन्त्रको राजधानी प्रागस्थित कोरिनथिया होटलमा आयोजित सम्मान कार्यक्रममा गिरीलाई सो अवार्ड प्रदान गरिएको बेलायतबाट गिरीले बताए।

अमेरिकी फ्रेन्चाइज कम्पनी म्याकडोनाल्ड्सका संस्थापक रे क्रकको नाममा स्थापना गरिएको सो अवार्ड पाएपछि गिरीले भने, ‘बेलायतमा अध्ययनसँगै रोजगारीका लागि सङ्घर्ष पनि धेरै हुन्छ, मेरो सङ्घर्ष र इमान्दारिताको कदर बेलायतमा भएको छ, यसले नेपालको नाम अझ उच्च भएको छ।’ रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस